तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर

राजविराज राजविराज
|
बिहिबार, माघ ८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर

सारांश

  •     तीन जना चढेर साथीको बिवाहमा जाँदै गर्दा जिल्लाको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली सडकखण्डमा प्रदेश २–०१–००१–प.
  • ६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो ।
  •       सो दुर्घटनामा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् भने मोटरसाइकलमा सवार अर्का यूवा २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    सप्तरीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 
    तीन जना चढेर साथीको बिवाहमा जाँदै गर्दा जिल्लाको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली सडकखण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो । 
    सो दुर्घटनामा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् भने मोटरसाइकलमा सवार अर्का यूवा २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    घाइते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ भने मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको पहरीले जनाएको छ । 
    यता तीन जना सवार मोटरसाइकल तिब्रगतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ