चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै

राजविराज राजविराज
|
आइतबार, आषाढ १, २०७६
|
|
३८ पटक हेरिएको
Shares
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै

सारांश

  •     राजविराजमा केहि दिनयता तापक्रम ३८ देखी ४० डिग्रि सम्मपुगेपछि जनजीवन अस्तव्यत बन्दै गएको हो ।
  •     चर्को घाम र प्रचण्ड गर्मीका कारण मानिसहरु घरबाट कमै निस्कनेले गर्दा बजार, कार्यालय र विद्यालय सबैमा चहलपहल न्युन भएको छ ।
  • जसकाराण् बजार सुनसान हुनुका साथै विरामीको संख्या भने अस्पताल र प्राइभेट किलनिकहरुमा ह्वातै बढेको छ ।

दैनिक समाचारदाता
राजविराज, १ असार । 
    विगत एक सातादेखी चर्को घामसँगैँ बढेको अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । 
    राजविराजमा केहि दिनयता तापक्रम ३८ देखी ४० डिग्रि सम्मपुगेपछि जनजीवन अस्तव्यत बन्दै गएको हो ।
    चर्को घाम र प्रचण्ड गर्मीका कारण मानिसहरु घरबाट कमै निस्कनेले गर्दा बजार, कार्यालय र विद्यालय सबैमा चहलपहल न्युन भएको छ । जसकाराण् बजार सुनसान हुनुका साथै विरामीको संख्या भने अस्पताल र प्राइभेट किलनिकहरुमा ह्वातै बढेको छ । 
    केही दिनयता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ खटीरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापाखाला लगायत रोगका विरामीको चाप ह्वातै बढेको स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल आकास्मिक कक्षका सिनियर अहेब जयकृष्ण गुरमैताले बताए । 
    गर्मीका कारण यस्ता रोगबाट पीडित भई उपचारका लागि आउने विरामीको संख्या दैनिक २० देखी ३० जनासम्महुने गरेको उनको भनाई छ ।
    विरामीको चाप बढ्दै गएपछि भुइँमै राखेर भए पनि उपचार सेवा प्रदान गरिरहेको उनले जानकारी दिए । अत्याधिक गर्मीका कारण एकातिर विद्यालयहरुमा विद्यार्थाीको उपस्थिती न्यून हुदै गएको छ भने जिल्लाको मुख्य बजारमा समेत चहलपहल न्यून भई सुनसान देखिएको छ ।
    अत्याधिक गर्मीका कारण जनजीवन अत्यन्तै कष्टकर बनाएको भन्दै गर्मी छल्न छहारीका लागी राजविराज नगरपालिका कार्यालयले ठाउँ ठाउँमा अहिलेदेखि नै वृक्षारोपण कार्यक्रम अभियान कै रुपमा चलाउनु पर्ने स्थानीय उमेश यादवले सुझाव पनि दिए ।
    यस्तै गर्मी छल्न चिसो पेय पदार्थको समेत निकै विक्रि भइरहेको छ । प्रचण्ड गर्मी र घामले कोठाहरुले पनि तात्ने गरेकाले राति सुत्न समेत सर्वसाधारण घरको छतमाथि पुग्ने गरेका छन् ।
    समयमा मनसुन सुरु नहुदा गर्मी अत्याधिक बढेको तथा केहि दिन अझै यस्तै अवस्था रहने मौसम विद्हरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
हावाहुरीबाट २७ को मृत्यु, ४ सय बढी घाइते
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
कला संस्कृतीको उत्थानका लागि जुरगुटी प्रतियोगिता 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित