चन्दनकुमार यादब
राजबिराज, ११ जेठ ।
प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादवले कृष्णकुमार यादव ‘कृष’ लाई षडयन्त्रपूर्वक फँसाएको आरोप लगाएका छन् । सांसद डा. यादवले आइतबार एक विज्ञप्ति जारि गर्दै सो आरोप लगाएका हुन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी यादवलाई सुनसरी प्रहरीले जेठ ६ गते भाण्टाबारीबाट पक्राउ गरेको थियो । यता सुनसरी प्रहरीले कृषलाई हातहतियार र लागुऔषधसहित भोक्राहाबाट नियन्त्रणमा लिएको भनी दाबी गर्दै आएको छ ।
सांसद डा. यादवद्वारा जारि प्रेस विज्ञप्तिमा सुनसरी प्रहरीले भण्टाबारीबाट नियन्त्रणमा लिएको कृष भनिने कृष्णकुमार यादव निर्दोष रहेको दाबी समेत गरिएको छ ।
जारि विज्ञप्तिमा कृष सवार गाडीमा स्थानीय जनप्रतिनिधि र भद्रभलादमीको रोहवरमा प्रहरीले खानतलासी गर्दा केही नभेटिएपछि प्रहरीले नै २० किलो मिटरपुर्व भोक्राहामा लगेर कृत्रिम प्रमाण बनाएर यादवलाई फँसाईएको दावी गरिएको छ ।
स्वतन्त्रपुर्वक बाँच्ने अधिकार राज्यबाट कुण्ठित गर्न नमिल्ने भन्दै षडयन्त्रपूर्ण तरिकाबाट फँसाईएको भन्दै विज्ञप्ति मार्फत सांसद डा. यादवले प्रहरीको सो कार्यको भत्र्सना गरेका छन् ।
निर्दोष ब्यक्तिलाई पेस्तोल र लागुऔषध भिडाएर कृत्रिम प्रमाणको आधारमा प्रहरीले नियन्त्रणमा लिनु कानूनी राज्यको उपहास भएकोले सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही गरि यादवलाई चाँडै रिहाई गर्न माँग गरिएको छ ।
यसअघि समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव र घटनास्थल भाण्टाबारी सुनसरीका जनप्रतिनिधिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका छन् ।
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी यादवलाई सुनसरी प्रहरीले जेठ ६ गते भाण्टाबारीबाट पक्राउ गरेको थियो ।
- यता सुनसरी प्रहरीले कृषलाई हातहतियार र लागुऔषधसहित भोक्राहाबाट नियन्त्रणमा लिएको भनी दाबी गर्दै आएको छ ।
- सांसद डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया