राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भौतिक स्वरुप परिवर्तन गर्ने गरि सार्वजनिक पोखरीमा भइरहेको माटो पुर्ने काम रोक्न उच्च आदालत जनकपुर–राजविराज इजलाशले विपक्षिको नाममा जारि गरेको अल्पकालिन अन्तरिम आदेशको अवज्ञा गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित सार्वजनिक पोखरीमा माटो पुरेर भौतिक स्वरुप परिवर्तन गर्न लागेकोमा तिब्र असन्तुष्टि जनाउँदै स्थानियवासीको तर्फबाट सोही वडा निवासी रामलखन यादवले जेठ ४ गते डाक्नेश्वरी नगरपालिका, वडा नं. ९ कार्यालय र वडा अध्यक्ष कर्णदेव चौधरीलाई विपक्षि बनाई उच्च अदालत जनकपुर–राजविराज इजलाशमा निषेधाज्ञा मुद्दा दायर गरेका थिए ।
सो मुद्दा उपर सुनुवाई गर्दै जेठ ७ गते बालेन्द्र रुपाखेतीको एकल इजलाशले तत्काल उक्त सार्वजनिक पोखरीमा माटो पुर्ने र भौतिक स्वरुप परिवर्तन गर्ने काम नगर्नु नगराउनु भनी विपक्षिाको नाममा अल्पकालिन अन्तरिम आदेश जारि गरेको थियो ।
आदेशमा दुबै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि जेठ १२ गते बोलाइनुका साथै तत्काल सो विवादित सार्वजनिक पोखरीमा स्वरुप परिवर्तन गर्ने गरि कुनै काम नगर्नु नगराउनु उल्लेख भएपनि निर्माण कार्य अझ जारि रहेको स्थानियवासी एवं पूर्व प्रध्यापक भागवत यादवले बताए ।
अदालतको आदेशको अवज्ञा
सारांश
- आदेशमा दुबै पक्षलाई आ–आफ्नो प्रमाणसहित छलफलका लागि जेठ १२ गते बोलाइनुका साथै तत्काल सो विवादित सार्वजनिक पोखरीमा स्वरुप परिवर्तन गर्ने गरि कुनै काम नगर्नु नगराउनु उल्लेख भएपनि निर्माण कार्य अझ जारि रहेको स्थानियवासी एवं पूर्व प्रध्यापक भागवत यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया