भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी

राजविराज राजविराज
|
मंगलबार, चैत्र १, २०७८
|
|
४६ पटक हेरिएको
Shares
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी

सारांश

  •     भारतीय व्यापारीहरुको व्यापार चौपट भएपछि उनीहरु निराश भएका छन् ।
  • यता सप्तरीका व्यापारीहरु भने खुशी देखिन्छन् भने स्थानिय उपभोक्ता निराश बनेका छन् ।
  •       राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले सप्तरीका उद्योगि व्यवसायीहरुको आग्रहका साथै राजश्व संकलनमा बृद्धि तथा विभिन्न बहानामा अवैध ढंगले सामान भित्राउने प्रवृतीलाई नियन्त्र गर्ने विषयलाई ध्यानमा राखी भन्सार ऐन नियम बमोजिम सूचना जारि गरिएको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    उद्योग बाणिज्य संघ सप्तरीको आग्रहमा राजविराज भन्सार कार्यालयले सीमापारी भारतबाट एक सय रुपैया भन्दा बढी मुल्यको सामान ल्याएमा भन्सार काट्नु पर्ने सूचना जारि गरेपछि भारतको कुनौली बजारका व्यापारी निराश भएका छन् । 
    भारतीय व्यापारीहरुको व्यापार चौपट भएपछि उनीहरु निराश भएका छन् । यता सप्तरीका व्यापारीहरु भने खुशी देखिन्छन् भने स्थानिय उपभोक्ता निराश बनेका छन् । 
    राजविराज भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले सप्तरीका उद्योगि व्यवसायीहरुको आग्रहका साथै राजश्व संकलनमा बृद्धि तथा विभिन्न बहानामा अवैध ढंगले सामान भित्राउने प्रवृतीलाई नियन्त्र गर्ने विषयलाई ध्यानमा राखी भन्सार ऐन नियम बमोजिम सूचना जारि गरिएको बताएका छन् ।  
    गत फागुन १९ गते राजविराज भन्सार कार्यालयले सूचना जारि गरि दैनिक उपभोग्य घरायसी समान ल्याउन कडाई गरेपछि स्थानिय बजारबाट महँगो मुल्यमा सामान खरीद गर्नु परेको भन्दै स्थानिय उपभोक्ताहरु निराश बनेका हुन् । 
    भारतको सुपौल जिल्लास्थित सीमावर्ती कुनौली बजारबाट एक लिटर खाने तेलको खरीद गर्दा ३५ रुँपैया कम तिर्नु परेको राजविराज ६ निवासी रामभजन देवको भनाई छ । उनका अनुसार स्थानिय बजारमा सामानको भाऊ ज्यादै महँगो भएका कारण आम उपभोक्ता समस्यामा परेका छन् । 
    अर्का उपभोक्ता परिष कर्णले कुनौलीमा लिइएको चिनिको मुल्य भन्दा राजविराजमा प्रतिकेजी १४ रुँपैया बढी तिर्नु पर्ने अवस्था छ । बजार मुल्यका बारेमा अनुगमन गरि बढी मुनाफा लिने उपर कारवाही नगरि भन्सारमा कडाई गरेर मात्र उपभोक्ताको हीत हुननसक्ने उनको भनाई छ । 
    यता नाकामा कडाई गरिएपछि आफूहरुको व्यापार चौपट हुन थालेको भन्दै भारतको कुनौली बजारका व्यापारीहरु समेत उक्त निर्णयको बिरोधमा उत्रेका छन् । 
    व्यापार कल्याण समिति कुनौली बजारको अगुवाईमा मंगलबार बृहत बैठक राख्दै उनीहरुले यस बारे बिहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत ध्यानाकर्षण पत्र पठाएका छन् । नेपाल तर्फबाट जाने गरेका ग्राहकहरुमाथी नै निर्भर रहेको कुनौलीको व्यापार भन्सारमा एक्कासी गरिएको यस्तो कडा निर्णयका कारण सुक्दै गएको व्यापार कल्याण समिति कुनौली भारतका सदस्य प्रकाश साहले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
राविनपाको सदस्य मनोनयन प्रक्रियामा अदालतबाट १५ दिन भित्र जवाफ पेश गर्न आदेश
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
मोटरसाइकल दुर्घटनामा  सात जना घाइते
जसपा वरिष्ठ नेता यादवको निधन
जसपा वरिष्ठ नेता यादवको निधन
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी
माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  
माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र
पालिकाका प्रमुखहरुलाई १२ बुँदे घोषणापत्र