सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
८६ पटक हेरिएको
Shares
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान

सारांश

  •     सप्तरी जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि राजविराज कारगार चलान गरिएको हो ।
  •       वडा अध्यक्ष रहमानमाथी लिखत कसुर तथा नागरिकता किर्ते मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
  •       मुद्दा चलाए लगत्तै फरार रहेका वडा अध्यक्ष रहमानलाई तीन दिनअघि प्रहरीले राजविराजबाट पक्राउ गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का वडाअध्यक्ष रहमान मियाँलाई आइतबार जेल चलान गरिएको छ ।
    सप्तरी जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि उनलाई पूर्पक्षका लागि राजविराज कारगार चलान गरिएको हो । 
    वडा अध्यक्ष रहमानमाथी लिखत कसुर तथा नागरिकता किर्ते मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 
    मुद्दा चलाए लगत्तै फरार रहेका वडा अध्यक्ष रहमानलाई तीन दिनअघि प्रहरीले राजविराजबाट पक्राउ गरेको थियो । 
    डिएसपी सिंहका अनुसार वडा अध्यक्ष रहमानले सामाजिक सुरक्षा भत्ता बितरणमा सरकारी कागज र छाप किर्ते गर्नुका साथै एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बर प्रयोगमा ल्याई राज्य कोषको ८३ लाख ४१ हजार १ सय ८ रुँपैया हिनामिना गरेको पाइएपछि उनीमाथी लिखत कसुर तथा नागरिकता किर्ते मुद्दा चलाइएको थियो । मुद्दा दर्ता भए लगत्तै उनी फरार भएका थिए । 
    उनी २०७४ सालको स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । सोही कार्यकालमा उनले सामाजिक सुरक्षा भत्तामा सरकारी कागज र छाप किर्ते गर्नुका साथै राज्य कोषको लाखौं रकम हिनामिना गरेका थिए । उक्त समयमै उनीसहित केही कर्मचारीमाथी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता लगत्तै उनी प्रहरीको फरार सूचीमा थिए । फरारै अवस्थामा उनले २०७९ सालको स्थानिय निर्वाचनमा पुनः वडा अध्यक्षमा निर्वाचित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित