सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २३, २०७९
|
|
७४ पटक हेरिएको
Shares
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन

सारांश

  •     बिहीबार राजविराज आइपुगेका गृह मन्त्री खाँणले स्थानिय तहको निर्वाचनलाई स्वच्छ, मर्यादित, धाँधलीरहित सम्पन्न गराउन सुरक्षा निकायले निर्देशन दिएका छन् ।
  •       सुरक्षा प्रमुखहरुसँग निर्वाचन केन्द्रित सुरक्षा अवस्था बारे छलफल पश्चात् नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री खाँणले चुनावलाई स्थानिय सरकार निर्माणको संज्ञा दिँदै यसलाई मर्यादित र निश्पक्ष ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
  •       उनले स्थानिय तहको निर्वाचनले स्थानिय सरकारको गठन गर्ने भएकाले यसलाई निष्पक्ष र मर्यादित बनाउनु सबैको साझा कर्तव्य भएको भन्दै निर्वाचन स्वच्छ र मर्यादित भए योग्य र सक्षम नेतृत्व पाउनुका साथै गाउँ, नगरको विकाससँगै लोकतन्त्र पनि मजबुत भएर जाने उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 
    गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार सप्तरीका सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन् । उनले ती निकायका प्रमुखहरुलाई आवश्यक निर्देशन समेत दिए । 
    बिहीबार राजविराज आइपुगेका गृह मन्त्री खाँणले स्थानिय तहको निर्वाचनलाई स्वच्छ, मर्यादित, धाँधलीरहित सम्पन्न गराउन सुरक्षा निकायले निर्देशन दिएका छन् । 
    सुरक्षा प्रमुखहरुसँग निर्वाचन केन्द्रित सुरक्षा अवस्था बारे छलफल पश्चात् नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री खाँणले चुनावलाई स्थानिय सरकार निर्माणको संज्ञा दिँदै यसलाई मर्यादित र निश्पक्ष ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 
    उनले स्थानिय तहको निर्वाचनले स्थानिय सरकारको गठन गर्ने भएकाले यसलाई निष्पक्ष र मर्यादित बनाउनु सबैको साझा कर्तव्य भएको भन्दै निर्वाचन स्वच्छ र मर्यादित भए योग्य र सक्षम नेतृत्व पाउनुका साथै गाउँ, नगरको विकाससँगै लोकतन्त्र पनि मजबुत भएर जाने उल्लेख गरे । 
    उनले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको प्रमुख दायित्व रहे पनि यसमा सबै राजनीतिक दल र तीनका उम्मेदवारले पनि उत्तिकै भूमिका खेल्नु पर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री खाँण यसअघि सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको दर्शन गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
भारतमा ८ नेपाली सम्मानित 
भारतमा ८ नेपाली सम्मानित 
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
सर्वाधिक पुरस्कार राशी भएको मेयरकप प्रिमियर लिग सुरु, छिन्नमस्ताको विजयी सुरुवात
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ