छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव

राजविराज राजविराज
|
बिहिबार, माघ २३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव

सारांश

  •     सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे ।
  •       मुलुककै प्रशिद्ध छिन्नमस्ता मन्दिरमा प्रदेश सरकारले सौन्दर्यीकरणका लागि कुल ६ करोड ३० लाखको रकम बिनियोजन गरेको छ ।
  • जसमा मन्दिर प्राङ्गणमा रहेको पोखरीको सौन्दर्यीकरण, मन्दिरभित्र धर्मशाला तथा शौचालय निर्माण तथा विजुलीबत्तीको व्यवस्था गरिने भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
    प्रदेश २ मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई सौन्दर्यीकरण गरिने भएको छ । प्रदेश सरकारको लगानीमा १५ महिनाभित्रै मन्दिरको सौन्दर्यीकरण गरिने भएको हो । 
    सोही अभियान अन्तर्गत गरिने सौन्दर्यीकरणको बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा सिलान्यास समेत गरे । 
    मुलुककै प्रशिद्ध छिन्नमस्ता मन्दिरमा प्रदेश सरकारले सौन्दर्यीकरणका लागि कुल ६ करोड ३० लाखको रकम बिनियोजन गरेको छ । जसमा मन्दिर प्राङ्गणमा रहेको पोखरीको सौन्दर्यीकरण, मन्दिरभित्र धर्मशाला तथा शौचालय निर्माण तथा विजुलीबत्तीको व्यवस्था गरिने भएको छ । 
    सौन्दर्यीकरणको शिलान्यास गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेका युवाहरु कुलतमा फँस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आमाबुवालाई सम्मान गर्न युवाहरुलाई सुझाव समेत दिए ।
    ‘ज्युदो छँदा आमाबुवाप्रति केही नगर्ने, अनि मृत्यु भएपछि ठूला–ठूला सभाभोज गर्ने काम बन्द गर्नुपर्छ’ उनले आमाबाबुको मृत्यु पश्चात् गरिने सभाभोजको रकमले उनीहरुकै सम्झनामा शिक्षा, स्वास्थ्य अथवा अन्य सामाज विकासको काममा रकम सदुपयोग गर्न सुझाव समेत दिए ।
    कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सखडेश्वरी भगवती मन्दिर प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै यसको उत्थानका लागि प्रदेश सरकार सकृय रहने बताए । सौन्दर्यीकरणका लागि प्रदेश सरकारले अभियान अन्तरगत ८ वटै जिल्लामा एक÷एक वटा कार्यका लागि बजेट छुट्टयाएको जनाइएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?