दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीका कारण राजविराज नगरवासीले अनावश्यक दुःख झेल्नु परेको छ ।
बिना कारण सवारी चालकलाई दुःख दिने गरेका जवान मण्डलले आफूलाई दबंग प्रहरीको सूचीमा राख्न खोजेका छन् । सवारी चालकसँग आवश्यक कागजात रहँदा रहँदै पनि उनी कुनै अन्य वहानामा जसरी पनि सवारीसाधन नियन्त्रणमा लिने गरेको जसपाका नेता नवनित झाले बताए ।
ट्राफिक श्रोतका अनुसार उनी ट्राफिक प्रहरी प्रमुखसँग सवारीसाधनको बढी चाप हुने स्थानमा आफ्नो ट्युटी पार्दै आएका छन् । सवारीसाधन बढी गुड्ने नाकामा उनी सवारीलाई रोक्दै जुनसुकै पनि त्रृटी देखाएर रकम असुल गर्न खप्पिस छन् ।
चेकजाँचको नाममा मनपर्दी र एकलौटी तरिकाले रकम असुल गरि माथिल्लो निकायसम्म पु¥याउन खप्पिस रहेका ट्राफिक जवान मण्डल राजविराजको मुख्य नाका रुपनी मोड तथा जनआन्दोलन चौकमै ड््यूटीमा देखिने गरेका छन् ।
रातीको समयमा ड्युटी गर्न उनी एक्लै तथा केही प्रहरी जवानसँग देखिन्छन् । रातीको समयमा मौका छोपी प्राय मोटरसाइकल चालकको कागजात चेकजाचको नाममा रकम असुली गर्ने गरेको स्थानियको दाबी छ । रातीकै समयमा इमरजेन्सीमा गइरहेका मोटरसाइकल चालकको व्यवहारिक कुरा समेत नसुनी रु. १०० देखी ५०० सम्म रकम लिई छोड्ने गरेको श्रोतको दाबी छ ।
यसरी खुलेआम राजविराज नगर क्षेत्रमा एउटा ट्राफिक जवानको मनपरी र दादागिरीप्रति जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरी मौन रहेको छ ।
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
सारांश
- बिना कारण सवारी चालकलाई दुःख दिने गरेका जवान मण्डलले आफूलाई दबंग प्रहरीको सूचीमा राख्न खोजेका छन् ।
- सवारी चालकसँग आवश्यक कागजात रहँदा रहँदै पनि उनी कुनै अन्य वहानामा जसरी पनि सवारीसाधन नियन्त्रणमा लिने गरेको जसपाका नेता नवनित झाले बताए ।
- ट्राफिक श्रोतका अनुसार उनी ट्राफिक प्रहरी प्रमुखसँग सवारीसाधनको बढी चाप हुने स्थानमा आफ्नो ट्युटी पार्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया