दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सरकारले ल्याएको नयाँ कर नीतिको बिरोधमा साउन १ देखी ट्रक ब्यवसायीहरुले सार्वजनीक ढुवानीको सेवालाई ठप्प पारेपछि अहिले व्यापारीहरुले सास्ती ब्यहोर्नु परेको छ ।
सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् । सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको जनाइएको छ ।
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि अहिले सप्तरीमा अन्य स्थानबाट आउने मालसमानहरु आउन सकिरहेका छैनन् । बजारमा विभिन्न दैनिक उपभोग्य बस्तुको सामानदेखी फर्निचर, कागज, खाद्यान्नलगायतमा मुल्य बृद्धि समेत भएको छ । जसकारण उपभोक्ताले सास्ती ब्यहोर्नु परेको छ ।
ढुवानी सेवा बन्द भएपछि तरकारीको मूल्य दोब्बर हुनुका साथै विभिन्न सामानहरुको बजारमा अभाव भएको छ । पसलले भण्डारण गरेको सामानहरु सकिएपछि उपभोक्ताले चाहे अनुसारको सामान खरीद गर्न सकिरहेका छैनन् ।
ब्यवसायीहरुले सांकेतिक रुपमा आ–आफ्नो ट्रक ग्यारेजमा थन्काउने निर्णय गरिएको भएपनि सडकमा चल्ने सवारी साधनहरुलाई भने अवरोध गरेका छैनन् ।
सरकारले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा प्रावधान थप गर्दै बुधबारदेखि वेबमा आधारित ढुवानी प्रणाली भीसीटीएस लागु गर्ने निर्णय गरेको हो ।
भीसीटीएसअन्तर्गत ढुवानीकर्ताले ढुवानी गर्ने मालसामानको सूची अनलाइनमा आधारित भएर बनाउनु पर्छ । यसका लागि पहिले राजस्व अनुसन्धान विभागको साइटमा गएर युजर नेम र पासवर्ड लिनुपर्छ । त्यही युजर नेम र पासवर्डका आधारमा ढुवानी गरिने मालसामानको सूची बनाउनु पर्छ । ढुवानीको सूची बनाउँदा ढुवानी गरिने मालसामानको प्रकृति, त्यसको बिल विजक नम्बर, प्रज्ञापनपत्र नम्बर, त्यसको प्यानमा भ्याट नम्बर पनि उल्लेख गर्नुपर्छ ।
सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि विभिन्न सामानको मुल्य दोब्बर
सारांश
- सरकारले लागु गरेको भाइकल ट्याकीङ र ढुवानीमा मुल्य अभिबृद्दी करका बिरुद्धमा बुधबार देखि ब्यवसायीहरुले ट्रक नचलाउने घोषणा गरेका हुन् ।
- सरकारले बिना तयारी भाईकल ट्याकिङ र मुल्य अभिबृद्दि कर लगाएकाले ट्रक नचलाउने निर्णय गरिएको जनाइएको छ ।
- सार्वजनिक ढुवानी सेवा ठप्प भएपछि अहिले सप्तरीमा अन्य स्थानबाट आउने मालसमानहरु आउन सकिरहेका छैनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया