पाँच दिने आईसीटी तालिम सम्पन्न

राजविराज राजविराज
|
आइतबार, बैशाख २७, २०८३
|
|
१७० पटक हेरिएको
Shares
पाँच दिने आईसीटी तालिम सम्पन्न

सारांश

  •     पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन संकायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता थियो ।
  •       तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल शीट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
  •     क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आईसीटी तालिम आइतबार सम्पन्न भएको छ । 
    पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन संकायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता थियो । 
    तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल शीट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
    क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।
    तालिममा प्रशिक्षकका रूपमा सहभागी रामप्रसाद खतिवडा र विजयलाल प्रधानले अहिलेको समयमा अध्ययन र अनुसन्धानलाई प्रविधिमैत्री बनाउन आईसीटी ज्ञान अपरिहार्य भइसकेको धारणा राखे ।
    समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुशीलकुमार कर्णले तालिमबाट प्राप्त ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे । 
    कार्यक्रममा प्राध्यापकहरू यसबन्त झा, रितनारायण साह, उमेश यादव, रामसफल यादव, अनिलकुमार मण्डल लगायतले तालिमले शैक्षिक तथा व्यावहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । वक्ताहरूले अनुसन्धानमुखी शिक्षा, डिजिटल सामग्री निर्माण तथा साइबर सुरक्षासम्बन्धी ज्ञान अहिलेको आवश्यकता भएको उल्लेख गरेका थिए ।
    सहभागी विद्यार्थीहरूले पनि तालिमबाट आफूहरूलाई अध्ययन, प्रस्तुतीकरण, अनुसन्धान तथा भविष्यको पेशागत जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् । विशेषगरी एआई तथा गुगलका विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगले अध्ययनलाई सहज र व्यवस्थित बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो ।
    क्याम्पसले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री तथा अनुसन्धानमुखी तालिमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावित पाँच वर्ष मूनीका बालबालिकालाई राहत रकम बितरण
बाढी प्रभावित पाँच वर्ष मूनीका बालबालिकालाई राहत रकम बितरण
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
एघार लाख बढीको भन्सार छलेका सामान बरामद
एघार लाख बढीको भन्सार छलेका सामान बरामद
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी