आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति

सारांश

  •     जिल्लाको विभिन्न स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्रलगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा पनि तोडफोड र आगजनी गरी एक करोड भन्दा बढीको क्षति पुगेको हो ।
  •       सप्तरी प्रहरीको तथ्यांक अनुसार आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट सर्वाधिक ३२ लाख ६२ हजार ५ सय मुल्य बराबरको सम्पती नष्ट भएको छ ।
  •       जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपैयाँको क्षति भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ असोज ।

    भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा सप्तरी जिल्लाका सरकारी कार्यालयलाई मात्र नभई राजनीतिक दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको घरमा समेत आक्रमण, तोडफोड र आगजनी गरी क्षति पुर्याइएको छ ।
    जिल्लाको विभिन्न स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्रलगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा पनि तोडफोड र आगजनी गरी एक करोड भन्दा बढीको क्षति पुगेको हो । 

    सप्तरी प्रहरीको तथ्यांक अनुसार आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट सर्वाधिक ३२ लाख ६२ हजार ५ सय मुल्य बराबरको सम्पती नष्ट भएको छ । 
    जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपैयाँको क्षति भएको छ ।
    राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार सात सय ६५ तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा भएको तोडफोड र आगजनीबाट १० लाख रुपैया बराबरको सम्पति नष्ट भएको छ ।
    नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाँच लाख ५० हजार तथा नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजारको सम्पती तोडफोड र आगजनी गरी नष्ट भएको छ । 
    यस्तै माओवादी नेता एवं पुर्व मन्त्री उमेश यादको घरमा तोडफोड बाट ५ लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा एक लाख ४१ हजार र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा भएको तोडफोडबाट पाँच हजार गरी कुल १ करोड एक लाख ४५ हजार १५ रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरी तथ्यांकले देखाएको छ ।
    जिल्लास्थित पालिका र सरकारी कार्यालयमा ७५ करोड ४५ लाख हजार ८३ रुपैयाँ समेत गरी जेनजी आन्दोलनका क्रममा सप्तरीमा कूल ७६ करोड ४६ लाख ४७ हजार ९८ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले संकलन गरेको क्षतिग्रस्त संरचनाको लगत विवरणले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
करेन्ट लागेर एकको ज्यान गयो
करेन्ट लागेर एकको ज्यान गयो
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै 
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै