दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
समाजिक क्षेत्रमा योगदान पु¥याएका ८५ वर्ष माथिका बृद्धबृद्धा सम्मानित भएका छन् ।
तेश्रो जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ तथा पुर्व कर्मचारी सेवा परिषद सप्तरीले संयुक्तरुपमा सोमवार पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
समाजिक क्षेत्रमा योगदान गरी दिर्घ जीवन विताई रहेका राजविराज नगरपालिकाका ९० वर्षिय रघुलाल दास, लुखादेवी झा, ८९ वर्षिय जसकरण कुचेरिया, ८७ वर्षिय किसान महर्जन र ८६ वर्षिय राम नरेश सिंह सम्मानित भएका हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोसल्ला र कदर पत्र प्रदान गरे । उर्जाशिल समय सन्तान र परिवारका लागी खर्चिने जेष्ठ नागरिक बृद्धावस्थामा उपेक्षाको शिकार हुने क्रम बढ्दै गएको सहभागीले गुनासो पोखे ।
ज्येष्ठ नागरिक संघ सप्तरीका कार्यवाहक अध्यक्ष शंकर शारदाको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा द्वारा संचालित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाका साथै पुर्व कर्मचारी सेवा परिषद सप्तरीका अध्यक्ष सुगम्बर यादव, सामुदायीक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दास, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, ब्राह्मण सेवा समितीका केन्द्रीय अध्यक्ष श्याम सुन्दर झा, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गर्न र उनीहरुको सहज जीवन यापनका लागी घर परिवार देखी समाज र राष्ट्रले उचित भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा हालै निधन भएका ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी प्रसाद भट्टराइ प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
सारांश
- तेश्रो जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ तथा पुर्व कर्मचारी सेवा परिषद सप्तरीले संयुक्तरुपमा सोमवार पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
- समाजिक क्षेत्रमा योगदान गरी दिर्घ जीवन विताई रहेका राजविराज नगरपालिकाका ९० वर्षिय रघुलाल दास, लुखादेवी झा, ८९ वर्षिय जसकरण कुचेरिया, ८७ वर्षिय किसान महर्जन र ८६ वर्षिय राम नरेश सिंह सम्मानित भएका हुन् ।
- उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोसल्ला र कदर पत्र प्रदान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया