पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 

सारांश

  •     सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आफ्नो आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सोमबार कक्षा बहिष्कार गरेपछि विद्यार्थीहरुले सो तोडफोड गरेका हुन् ।
  •       यसअघि आंशिक प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको थियो ।
  • उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकसमेत समर्थन जनाएपछि सोमवार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेन ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थीहरुले पढाई अबरोध भएको भन्दै सोमबार तोडफोड गरेका छन् ।
    सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आफ्नो आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार सोमबार कक्षा बहिष्कार गरेपछि विद्यार्थीहरुले सो तोडफोड गरेका हुन् ।  
    यसअघि आंशिक प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको थियो । उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकसमेत समर्थन जनाएपछि सोमवार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेन ।
    राष्ट्रिय विद्यार्थी संघ क्याम्पस इकाइ अध्यक्ष विकास कुमार मण्डलले प्राध्यापकहरुले एक सुत्रिय माग राखेकोप्रति आफूहरुको आपत्ति नरहेको तर, पठनपाठन रोकिँदा विद्यार्थीको भविष्य नै चौपट हुने अवस्था आएको बताए । 
    यस्तै नेपाल विद्यार्थी संघका दिपक यादवले प्राध्यापकहरुको समस्याका बारेमा सुनुवाइ गरी अवस्था समान्य तुल्याउने काम नभएको भन्दै यसरी पढाइ रोकेर आफूहरु बस्न नसक्ने बताए । 
    कक्षा सञ्चालन हुनुपर्ने मागसहित विद्याथीले गरेको आन्दोलनप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ लगायतले पनि ऐक्यवद्धता जनाएका छन् ।
    उता विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले बताए । ।
    अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
लागु औषधसहित  दुई पक्राउ 
लागु औषधसहित  दुई पक्राउ 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
गाजासहित दुई पक्राउ
गाजासहित दुई पक्राउ
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
कोशी नदी कटान डुबान पीडित संघर्ष समितीद्वारा १५ दिने अल्टिमेटम
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था