एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 

राजविराज राजविराज
|
बिहिबार, जेठ २२, २०७७
|
|
४६ पटक हेरिएको
Shares
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 

सारांश

  • यता जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो.
  • नसिम बिहीबार संक्रमण मुक्त भई घर फर्किएका छन् ।
  • उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा बिहीबार १३ जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको हो । 
यता जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो. नसिम बिहीबार संक्रमण मुक्त भई घर फर्किएका छन् । उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो । 
पछिल्लो पटक बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ र राजविराज नगरपालिकामा १÷१ जना गरि १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाद यादवले जानकारी दिएका छन् । 
    हाल जिल्लाको संक्रमित मध्ये सबभन्दा बढी बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा ५, बलान बिहुल गाउँपालिकाका ४, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका र तिरहुत गाउँपालिकामा १÷१ गरि कूल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् । 
    उनले संक्रमित पुष्टि भएकाहरुलाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको जानकारी पनि दिए ।
    संक्रमित मध्ये २ महिला र ६७ पुरुष छन् । संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?