लौनियाँका कृषक जैविक खेतीतर्फ आकर्षित 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लौनियाँका कृषक जैविक खेतीतर्फ आकर्षित 

सारांश

  •     कोशी पीडित समाजले कृषक समुहलाई बीउ बिजन, जैबिक मल र कृषी उप शाखा गापाले जैबिक खेती तर्फ आकर्षित गर्न प्राबिधिकहरूवाट १६ हप्ते कृषक पाठशाला कक्षाबाट कृषकहरूलाई जैबिक तरकारी खेती उत्पादन गर्ने तालिम दिएपछि किसानहरू जैबिक खेतीतर्फ आकर्षित हुँदैछन् ।
  •       हरियाली कृषक समुहका संयोजक रामचन्द्र खंगले १५ कठ्ठामा भान्टा, फुलकोभी, बन्दकोभी, गोलभेडा, मुला, खुर्सानीलगायत बालीमा प्रति कठ्ठा १ हजारको लगानीमा १ लाख ५० हजार आम्दानी गरेको जनाएका छन् ।
  •     जैबिक खेतीवाट कम उत्पादन हुने र रसायनिक मल प्रयोगवाट बढी उत्पादन हुने भएकोले जैबिक खेती गर्न चुनौती रहेको उनले बताए ।

चन्दन यादव
राजविराज, २४ फागुन । 
    सप्तरीको तिलाठी कोईलाडी गाँउपालीका २ लौनियाँका किसानहरू जैबिक खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।
    कोशी पीडित समाजले कृषक समुहलाई बीउ बिजन, जैबिक मल र कृषी उप शाखा गापाले जैबिक खेती तर्फ आकर्षित गर्न प्राबिधिकहरूवाट १६ हप्ते कृषक पाठशाला कक्षाबाट कृषकहरूलाई जैबिक तरकारी खेती उत्पादन गर्ने तालिम दिएपछि किसानहरू जैबिक खेतीतर्फ आकर्षित हुँदैछन् । 
    हरियाली कृषक समुहका संयोजक रामचन्द्र खंगले १५ कठ्ठामा भान्टा, फुलकोभी, बन्दकोभी, गोलभेडा, मुला, खुर्सानीलगायत बालीमा प्रति कठ्ठा १ हजारको लगानीमा १ लाख ५० हजार आम्दानी गरेको जनाएका छन् ।
    जैबिक खेतीवाट कम उत्पादन हुने र रसायनिक मल प्रयोगवाट बढी उत्पादन हुने भएकोले जैबिक खेती गर्न चुनौती रहेको उनले बताए । जैबिक खेतीमा थौरै उत्पादन भएपनि तरकारी बढी बिक्री हुदैन, तर स्वास्थको लागि लाभदाय भएकोले यस खेती तर्फ किसानहरु आकर्षित भएको रामजानकी समुहका सदस्य जसोदबी खंग बताउछन ।
    यता प्राबिधिक अशोक मण्डलले भने गुणस्तरिय तरकारी उत्पादन, बजारीकरण, बीउ राम्रो नहुनु, गोबरको राम्रोसँग खेतमा प्रयोग गर्ने नजान्दा र चेतनाका कमिका कारण कृषकहरू बालीवाट राम्रो उत्पादन गर्न नसकेको बताए ।
    उत्पादन गरेको तरकारी बजारीकरण तथा बजारमा बेच्ने तरिका थाहा नहुदाँ, र त्यसको ब्यबस्थापना गर्न नजान्दा पनि किसानले राम्रो आम्दानी गर्न नसकेको कृषीज्ञान केन्द्र, कृषि अर्थ बिज्ञ किसुनदेब राउतले बताए ।
    जिल्ला सल्लाहकार समितिका संयोजक प्रभाकर यादब, गापा अध्यक्ष सतिश सिंह सहितको टोलीले लौनियाँस्थित बाढी पुर्व सुचना, खोज तथा उद्दाार, प्राथमिक उपचार तथा हरियाली कृषक, सहकारी संस्था र बिपद ब्यबस्थापन समितिले शुक्रबार किसानहरुले गरेको क्रियाकलापको अनुगमन समेत गरे । 
    सो अनुगमन टोलीमा कोशी पीडित समाज, तिलाठी कोईलाडी गाँउपालिकाको संयोजनमा सल्लाहाकार समितिले बाढी प्रभाबित क्षेत्रमा गरिएको गतिबिधि अनुगमन गरिएको हो ।
    केभिएसले लौनियाँमा बिपद ब्यबस्थापन पुर्व तैयारी अन्तर्गत वडास्तरिय बिपद ब्यबस्थापन, खानेपानीको शुद्विकरण, आगलागी, शितलहर, महामारी, जस्ता बिपदवाट जोगिनका लागि घर दैलौ, र अभिमुखिकरण तालिमवाट समुदायलाई सचेत गराउदै आएको वडा अध्यक्ष खगेन्द्र मण्डलले बताए ।
    उक्त अनुगमनमा तिलाठी कोईलाडी गाँउपालीका अध्यक्ष सतिश कुमार सिँहले कृषक पाठशाला कृषक समुहलाई जैबिक खैतीतर्फ अझ आकर्षित बनाउन पालिका मातहतका कृषि उपशाखालाई आवश्यक निर्देशन दिएको छ ।
    यता वडा अध्यक्ष खगेन्द्र मण्डलले वाढी पछि लौनियाँवासीका बर्षेणी कृषकहरू खडेरी चपेटामा पर्ने गरेकोले पालिका अध्यक्ष क्षेत्रमा डिप वोरिंग जडान गर्न आग्रह गरेको छ । 
    जिल्ला सल्लाहाकार समितिका संयोजक प्रभाकर यादबकोे नेतृत्वको टोलीमा तिलाठी कोईलाडी गापा अध्यक्ष सतिशकुमार सिंह, कृषिज्ञान केन्द्रका किसुनदेब राउत, जिल्ला जनस्वास्थ कार्यलय प्रमुख निरन्जन यादब, खानेपानी सरसफाई डिभिजन कार्यलयका रामा प्रसाद साह, कृषि शाखा तिलाठी कोईलाडीका अशोक मण्डल, जिसस सल्लाहाकार बिनोद यादब, केभिएसका देब नारायण यादब, कार्यक्रम संयोजक ज्योतिष यादब, प्रबिण यादब, लौनियाँ केभिएस अध्यक्ष ननुलाल मण्डल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
ट्युसन पढ्न निस्केका गृष चार दिनदेखी वेपत्ता
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित