शनिदेव मन्दिरमा नवौं पटक चोरी

राजविराज राजविराज
|
बुधबार, चैत्र ११, २०७७
|
|
४७ पटक हेरिएको
Shares
शनिदेव मन्दिरमा नवौं पटक चोरी

सारांश

  •     मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले जानकारी दिएका छन् ।
  • यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको उनले बताएका छन् ।
  •     पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्माले बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
     राजविराज ७ स्थित शनिदेव मन्दिरमा मंगलबार राती चोरी भएको छ । योसँगै यस मन्दिरमा नवौं पटक चोरी भएको हो । 
    मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले जानकारी दिएका छन् । यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको उनले बताएका छन् ।
    पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्माले बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए । 
    पछिल्लो पटक सात महिना अघि पनि मन्दिरको ताला फुटाएर चाँदीको मुकुट, सिक्रि लगायतका गरगहाना र दान पेटिका समेत चोरले लिएर गएका थिए । मन्दिरको छेउमै रहेको पसलको सिसि क्यामरामार्फत चोरको पहिचान भएपनि हालसम्म पक्राउ नपरेकोले चोरको मनोबल बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम झाको भनाई छ । 
    हाल सिसि क्यामरा समेत बिग्रेको अवस्थामा चोरले दान पेटिकाको रकम लिएर गएकाले पत्ता लगाउन झनै कठिन भएको छ । चयता ोरी घटना बारे खबर पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?