कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, बैशाख ६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बौजन खंग खत्वेको जाहेरीले साविकको नर्घो गाबिस वडा नं.
  • ८ हाल राजगढ गाउँपालिका ३ निवासी हलुवाई कुटपिटमाथी कुटपिट मुद्दा दायर गरिएको थियो ।
  • अदालतको फैसला आएपछि उनी फरार भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
    कुटपिट मुद्दामा कैद सजाय पाएर १८ वर्षदेखी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ५२ वर्षिय हरिनारायण साह हलुवाई छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बौजन खंग खत्वेको जाहेरीले साविकको नर्घो गाबिस वडा नं. ८ हाल राजगढ गाउँपालिका ३ निवासी हलुवाई कुटपिटमाथी कुटपिट मुद्दा दायर गरिएको थियो । अदालतको फैसला आएपछि उनी फरार भएका थिए । 
    हलुवाईलाई सप्तरी जिल्ला अदालतद्वारा २०६० साल मंसिर २५ गतेको फैसलाले ६ महिना कैद र २ हजार जरिवाना तोकिएको थियो । 
    खोजतलासकै क्रममा मंगलबार गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराउदा आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?