दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
चिसोका कारण विद्यालय जान समस्यामा परेका बालबालिकालाई विद्यालयमै पुगि संैनिक श्रीमती संघ तथा अजिज फाउण्डेशन नेपालले न्यानो कपडा बितरण गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित सारदा आधारभूत विद्यालयका १ सय ३५ बालबालिकालाई विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालिले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट बितरण गरेको हो ।
नेपाली सेना भिम दल गण राजविराजसितको समन्वयमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा. किशन भण्डारी लगायतले उक्त सामाग्रि बालबालिकालाई बितरण गरे ।
चिसोबाट बढी प्रभावित तथा आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारका बालबालिकाको सूची तयार गरि विद्यालयमै पुगेर बितरण गरिएको जानकारी दिदै प्रमुख सेनानी भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग जुटाइएको बताए ।
केही दिन अघिमात्र अपाङ दिवसको अवसर पारेर सैनिक श्रीमती संघले एक कार्यक्रमको आयोजना गरि शारीरिक रुपमा अशक्त भई कष्टकर जिवन बिताउन बाध्य १३ जनालाई ह्वील चेयर बितरण गरेको थियो ।
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित सारदा आधारभूत विद्यालयका १ सय ३५ बालबालिकालाई विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालिले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट बितरण गरेको हो ।
- नेपाली सेना भिम दल गण राजविराजसितको समन्वयमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा.
- किशन भण्डारी लगायतले उक्त सामाग्रि बालबालिकालाई बितरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया