मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ९, २०७९
|
|
५६ पटक हेरिएको
Shares
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित

सारांश

  •     अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसर पारेर मंगलबार संयुक्त रुपमा आयोजित बहुभाषिक शिक्षा, शिक्षामा परिवर्तनको आवश्यकता तथा मातृ भाषामा अनिवार्य शिक्षा विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि महेश प्रसाद यादव, प्रदेशसभा सदस्य मनिष सुमन, किरणकुमारी साह, माला कर्ण, गोबिन्द न्यौपाने र सतिशकुमार सिंह सम्मानित भएका हुन् ।
  •            यस्तै मैथिली भाषाका समकालिन अवस्था नामक पुस्तकका रचियता एवं नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सूर्यप्रसाद यादव पनि सम्मानित भएका छन् ।
  • उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि यादवले कदरपत्र, दोसल्ला र मिथिला पाग लगाएर सम्मानित गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 

    मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीले मैथिली भाषा, कला, साहित्य, अनुसन्धान र संस्कृतीको संरक्षण सम्वद्र्धनमा योगदान दिने सात जनालाई सम्मान गरेको छ । 
    अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसर पारेर मंगलबार संयुक्त रुपमा आयोजित बहुभाषिक शिक्षा, शिक्षामा परिवर्तनको आवश्यकता तथा मातृ भाषामा अनिवार्य शिक्षा विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि महेश प्रसाद यादव, प्रदेशसभा सदस्य मनिष सुमन, किरणकुमारी साह, माला कर्ण, गोबिन्द न्यौपाने र सतिशकुमार सिंह सम्मानित भएका हुन् ।       
    यस्तै मैथिली भाषाका समकालिन अवस्था नामक पुस्तकका रचियता एवं नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नवनियुक्त सदस्य सूर्यप्रसाद यादव पनि सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रि यादवले कदरपत्र, दोसल्ला र मिथिला पाग लगाएर सम्मानित गरे । 
    प्रमुख अतिथि मन्त्रि यादवलाई भने आयोजक मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्तले सम्मानित गरेका थिए । 
    सम्मानित हुनेहरुमा प्रदेशसभा सदस्य किरण कुमारी साह, माला कर्ण, सतिश कुमार सिंह र मनिष सुमनले प्रदेशसभामा सपथ लिँदा मैथिली भाषाको प्रयोग गरेका थिए । यस्तै मन्त्रि यादव, प्राज्ञ सुर्यप्रसाद यादव र गोबिन्द न्यौपानेले मैथिली भाषा, साहित्य र कला जगेर्नाका लागि योगदान दिँदै आएकाले सम्मान गरिएको परिषद्का अध्यक्ष दत्तले बताए ।
    कार्यक्रमका सहभागि अधिकांश वक्ताले मैथिली भाषा, कला, साहित्य र संस्कृतीको जगेर्नाका लागि आ–आफ्नो क्षेत्रबाट हरसम्भव पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुका साथै मैथिलीकर्मी देबेन्द्र मिश्र, मिना ठाकुर, श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवलगायतले पनि बोल्दै मातृ भाषा विशिष्ट गहना भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण