दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौल वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निमाण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रममार्फत निर्माण भइरहेको सो वडा कार्यालय प्राविधीक कारणले गर्दा समय भन्दा तीन महिना ढिलो निर्माण कार्य सम्पन्न हुने भएको छ ।
उपभोक्ता समिति मार्फत वडा कार्यालयको ६ कोठे भवन निर्माण कार्यका लागि सिडिपीले ८५ लाख ६४ हजार ६ सय २ रुँपैया ९५ पैसा र गाउँपालिकाले १२ लाख ४७ हजार ६३ रुँपैया ४८ पैसा गरि ९८ लाख ११ हजार ६ सय ६६ रुँपैया ४३ पैसाको सहयोग गरेको गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहरखेरले जानकारी दिएका छन् ।
२०७६ बैशाख २३ गते भवन निर्माण कार्य सुरु भई सोही वर्ष भदौं २३ गते सम्पन्न हुने सम्झौता भएपनि बाढी, बाटोको समस्या, धान रोपनीलगायतको कारणले निर्माणका कार्यमा ढिलाई भएको ग्रामिण पुनर्निमाण संस्थाका सप्तरी प्रमुख दिनेश अर्यालले जानकारी दिएका छन् ।
स्थानियस्तरकै कामदारहरुबाट भवन निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र आउँदै पुस मसान्त भित्रै निर्माण कार्य सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष डम्बर नारायण यादवले बताए ।
यस्तै सो संस्थाले तिरहुत गाउपालिका वडा नम्वर ५ लोहजरास्थित कल्भर्टको निर्माण समेत गरेको छ । संस्थाको १७ लाख ९५ हजार ५ सय २२ रुँपैया १५ पैसा र गाउँपालिकाको १ लाख ९ हजार गरि १८ लाख ९६ हजार ४ सय २२ रुँपैया १५ पैसाको लागतमा सो कल्भर्ट निर्माण गरिएको वडा नं. ५ का अध्यक्ष रामानन्द चौधरीले जानकारी दिए ।
यसैबीच ती दुबै स्थानको जिल्ला समन्वय समितिका उपप्रमुख थानेश्वर यादब, समन्वय समितिका अधिकृत नवराज खड्गा, नायब सुब्बा गंगाराम साह, गैरसरकारी संस्था सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, गापा तथा वडाका पदाधिकारी र संचारकर्मी लगायतको टोलीले स्थलगत निरिक्षण समेत गरेका थिए ।
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
सारांश
- नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निमाण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रममार्फत निर्माण भइरहेको सो वडा कार्यालय प्राविधीक कारणले गर्दा समय भन्दा तीन महिना ढिलो निर्माण कार्य सम्पन्न हुने भएको छ ।
- उपभोक्ता समिति मार्फत वडा कार्यालयको ६ कोठे भवन निर्माण कार्यका लागि सिडिपीले ८५ लाख ६४ हजार ६ सय २ रुँपैया ९५ पैसा र गाउँपालिकाले १२ लाख ४७ हजार ६३ रुँपैया ४८ पैसा गरि ९८ लाख ११ हजार ६ सय ६६ रुँपैया ४३ पैसाको सहयोग गरेको गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहरखेरले जानकारी दिएका छन् ।
- २०७६ बैशाख २३ गते भवन निर्माण कार्य सुरु भई सोही वर्ष भदौं २३ गते सम्पन्न हुने सम्झौता भएपनि बाढी, बाटोको समस्या, धान रोपनीलगायतको कारणले निर्माणका कार्यमा ढिलाई भएको ग्रामिण पुनर्निमाण संस्थाका सप्तरी प्रमुख दिनेश अर्यालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया