एक सय ३५ विपन्न छोरीलाई साइकल

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०७६
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  •     विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
  •     कार्यक्रममा बोल्दै मन्त्री साहले छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याए ।
  • उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं । 
    बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका स्थित श्री महाविर उच्च माविका छात्राहरुलाई सोमबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले साइकल वितरण गरेका छन् ।
    विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच मन्त्री साहले कक्षा ८ मा पढ्ने १ सय ३५ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै मन्त्री साहले छोरा छोरीमा भेदभाव गर्न तथा समाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औल्याए । उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको जानकारी दिए । उनले साइकलको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह समेत गरे ।
    समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको भन्दै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरु सँग पनि आग्रह गरे ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 
प्रधानमन्त्री कार्यालयको टोली समक्ष गुनासैगुनासो
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा

छुटाउनुभयो कि ?