ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध

सारांश

  •     जिप्रका सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलद्वारा बिहीबार जारि सूचनामा घर परिवार र समाजमा अनिवार्य रुपमा गर्नु पर्ने विभिन्न किसिमका सामाजिक कार्यहरु विवाह, ब्रतबन्ध, छेका, मुण्डनलगायतका कार्यमा ठूलो भोजभतेर तथा अनावश्यक तडकभडक नगरि सामान्य रुपमा गर्न अनुरोध गरिएको छ ।
  •       त्यस्तै विद्यालय, मठ, मन्दिर, मस्जिद, अस्पताल तथा सार्वजनिक स्थलहरुमा ध्वनी प्रदुषण हुने गरि लाउड स्पीकर तथा बाजा नबजाउन तथा ठूलो स्वरमा डिजे नबजाउन सूचनामार्फत अनुरोध गरिएको छ ।
  •     यसैगरि होलीमा अनावश्यक उच्श्रृंखल क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन नगर्न, जबरजस्ति पानी नछ्याप्न तथा पानीमा नभिज्न अनुरोध समेत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 
    विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारि गर्दै विभिन्न सामाजिक कार्यहरुका लागि ठूलो जमघट नगर्न नगराउन अनुरोध गरेको छ । 
    जिप्रका सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलद्वारा बिहीबार जारि सूचनामा घर परिवार र समाजमा अनिवार्य रुपमा गर्नु पर्ने विभिन्न किसिमका सामाजिक कार्यहरु विवाह, ब्रतबन्ध, छेका, मुण्डनलगायतका कार्यमा ठूलो भोजभतेर तथा अनावश्यक तडकभडक नगरि सामान्य रुपमा गर्न अनुरोध गरिएको छ । 
    त्यस्तै विद्यालय, मठ, मन्दिर, मस्जिद, अस्पताल तथा सार्वजनिक स्थलहरुमा ध्वनी प्रदुषण हुने गरि लाउड स्पीकर तथा बाजा नबजाउन तथा ठूलो स्वरमा डिजे नबजाउन सूचनामार्फत अनुरोध गरिएको छ ।
    यसैगरि होलीमा अनावश्यक उच्श्रृंखल क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन नगर्न, जबरजस्ति पानी नछ्याप्न तथा पानीमा नभिज्न अनुरोध समेत गरिएको छ ।  
    जारि सार्वजनिक सूचनामा त्यस्ता गैर कानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने समेत जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ