सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव

सारांश

  •     जनता समाजवादी पार्टी सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्दै उनले मुलुकले कोरोना माहामारी झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा सरकार त्यसबाट बिमुख भएको आरोप लगाएका हुन् ।
  •       पूर्व उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका अध्यक्ष यादवले जनताप्रति ध्यान दिनुपर्नेमा सरकार अहिले अन्य चलखेलमा लागेको बताउँदै मुलुकका लागि यस्ता चहलखेल दुर्भाग्य रहेको उल्लेख गरे ।
  •     संघीय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने प्रयास गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
    जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले सरकारले जनताको जीउधनको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । 
    जनता समाजवादी पार्टी सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्दै उनले मुलुकले कोरोना माहामारी झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा सरकार त्यसबाट बिमुख भएको आरोप लगाएका हुन् । 
    पूर्व उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका अध्यक्ष यादवले जनताप्रति ध्यान दिनुपर्नेमा सरकार अहिले अन्य चलखेलमा लागेको बताउँदै मुलुकका लागि यस्ता चहलखेल दुर्भाग्य रहेको उल्लेख गरे ।
    संघीय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने प्रयास गरेको बताए ।
    उनले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि जसपाको गठन भएको छ, यसका लागि हाम्रो पार्टी सरकारविरुद्व हरेक मोर्चामा लड्न तयार छ ।’
    शिक्षित र सक्षम युृवालाई नेतृत्व गर्ने समय आइसकेको बताउँदै अध्यक्ष यादवले देशको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि आउन आग्रह समेत गरे ।
    यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा पुर्वमन्त्री राजकिशोर यादबले सबै वर्गको अधिकार सुनिश्चितताका लागि नयाँ नेपाल निर्माण गर्ने उद्देश्य स्थापित भएको जिकिर गरे । सबै प्रकारको विभेद अन्तको लागि पार्टी स्थापित भएकोले जसपा बैचारिक रूपमा संगठित भई पहिलो शक्ति बन्ने उनले उद्घोष गरे ।
    सरकारबाट गणतन्त्रको बिरोधमा काम भईरहेको कुरा नेकपाका नेताहरूले उठाउन थालेकोले सरकार असफल भईसकेको उदाहरणको रूपमा कोभिड १९ को संक्रमणको अबस्थामा जनताको स्वास्थको सुरक्षा गयारेन्टी नगर्नु ठुलो दुरभाग्य रहेको उनको भनाई छ । 
    त्यस्तै राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादबले पार्टी एकिकरणलाई बलियो बनाई मधेशीको अधिकारलाई स्थापित गर्नु आबश्यक रहेको बताए । उनले भने, “सबै उत्पिडित वर्ग मधेशी, थारू, दलित, मुस्लिम, जनजाती लगायतको अधिकार सुनिश्चितका लागि पार्टी जसपा स्थापित भएको दाबी समेत गरे ।
    सोही कार्यक्रममा जसपा केन्द्रीय कार्यकारी सदस्य रेणु यादबले संबिधानमा समाबेशी समानुपाति सहभागिता लेखेपनि कार्यन्वयन नभएकोले टिप्पणी गरिन् । उनले सरकारले राजदुत नियुक्ती प्रक्रियामा भेदभाव गरेको आरोप लगाउदै राजदुत नियुक्त प्रक्रिया मधेशीलाई समानुपातिक रूपमा सहभागिता नगराएको आरोप लगाइन् ।
    सो कार्यक्रममा प्रदेश २ का भुमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साह, समाजिक बिकास मन्त्री नवल किशोर साह, प्रदेश सांसद मनिष सुमन लगायतले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना मन्तब्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ