तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै

राजविराज राजविराज
|
मंगलबार, भाद्र १०, २०८२
|
|
१३६ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै

सारांश

  •     गाउँपालिकाले वडा नं.
  • ५ कुशहास्थित जिता खोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नं.
  • ४ र ५ का गरी पाँच सय विघा खेतमा खोलाको पानी पु¥याएको हो ।

दैनिक समाचारदाता
राजविराज, १० भदौ । 

    जिल्लामा पानीका कारण खडेरी परेको बेला सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा केही दिन अघि मात्र खाडो खोलामा बाँध बाधेर किसानको खेत खेतमा पानी पु¥याएपछी अब जिता नदीमा बाँध बाँधेर खोलाको पानी किसानहरुको खेत खेतमा पु¥याइने काम सुरु भएको छ ।
    गाउँपालिकाले वडा नं. ५ कुशहास्थित जिता खोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नं. ४ र ५ का गरी पाँच सय विघा खेतमा खोलाको पानी पु¥याएको हो ।
    गाउँपालिका र वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउत समेतको अगुवाईमा अस्थायी बाँध निर्माण गरेर दुईवटा वडामा रहेको किसानको खेतमामा सिंचाई पु¥याईएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए ।
    उनले पर्याप्त बर्षा नभएर खडेडीको मार झेल्दै आएको किसानको लागि ठुलो राहत पुगेको बताए । “धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको छ“ उनले भने ।
    वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखियाले खोलाको पानी खेतमा पुगेपछि धानबाली सप्रिने विश्वास व्यक्त गर्दै खडेरीको मारमा परेका किसान खुशी भएको प्रतिक्रिया दिए ।
    यस्तै वडा नं. ५ का अध्यक्ष राउतले यसबर्ष रोपिएका धान पनि सुक्ने अवस्था आएपछि नदीमा बाँध बाँधेर सिंचाईको सुविधा पु¥याएको बताए ।
    जिता खोलाको पानीले दुई वटा वडामा सिंचाई पुगे संगै गाउँपालिकाको चारवटा वडामा लगाइएको धानबाली जोगिने गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
    उनका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् भने धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाउने विश्वास लिईएको छ ।
    चार दिन अघि मात्र गाउँपालिकाले खाँडो खोलामा अस्थायी बाँध निर्माण गरेर पानी खेतमा पु¥याइएको थियो । गाउँपालिकाको वडा नं. १ तिलाठी र वडा नं. २ लौनियाँका पाँचसय विघा भन्दा बढी खेतमा यसरी त्यसरी लगिएको खोलाको पानीबाट सिंचाइ भईरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी