आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट

सारांश

  •     राजबिराज वडा नं.
  • १५ देउरी भरुवा निवासी धर्मदेव यादवले थ्रेसरबाट गहु दाउने क्रममा अचानक आगलगि हुँदा चार जनाको घर, नगद तथा अन्नपात जलेर नष्ट हुँदा अन्दाजी ११ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       सो आगलागिमा धर्मदेव यादवको फुसको घर, स्थानिय नरायण मण्डलको फुसको घर तथा नगद १ लाख २५ हजार, कुशे मण्डलको फुसको घर तथा छेबु मण्डलको फुस घरगरि उक्त मुल्य बराबरको क्षति भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    सप्तरी सदरमुकाम राजविराज, हनुमाननगर कंकालिनी र शम्भुनाथको छुट्टाछुट्ट स्थानमा बिहीबार भएको आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    राजबिराज वडा नं. १५ देउरी भरुवा निवासी धर्मदेव यादवले थ्रेसरबाट गहु दाउने क्रममा अचानक आगलगि हुँदा चार जनाको घर, नगद तथा अन्नपात जलेर नष्ट हुँदा अन्दाजी ११ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    सो आगलागिमा धर्मदेव यादवको फुसको घर, स्थानिय नरायण मण्डलको फुसको घर तथा नगद १ लाख २५ हजार, कुशे मण्डलको फुसको घर तथा छेबु मण्डलको फुस घरगरि उक्त मुल्य बराबरको क्षति भएको हो । 
    यस्तै बिहीबारै हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित बिसुनदेब यादवको फुसको घरमा खाना पकाउने क्रममा आगलगी भई हुँदा नगद ६५ हजार, लत्ताकपडा, आखन्न लगायतगरि १ लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।  
    यसैगरि बिहीबारै जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ नरहिया निवासी चुलाही सरदारको परालको टालमा अचानक आगोलागि हुंदा ४० जहार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    यस्तै बिहीबारै राजविराज नगरपालिका वडा नं. ११ झलही निवासी बालेश्वर यादवको परालको टालमा अचानक आगलागी हुँदा १५ हजार मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सम्पूर्ण स्थानमा भएको आगलागिलाई नेपाल प्रहरी, बारुणयन्त्र र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?