एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन

राजविराज राजविराज
|
सोमबार, आषाढ ३०, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सो निर्देशन दिँदै बिपदमा परेकालाई उद्दार गर्ने र राहतको ब्यबस्थापनमा जुट्न सबै स्थानिय निकाय, सरोकारवाला निकायहरूलाई आग्रह समेत गरेको छ ।
  •     बैठकले त्रियुगा नदिको डिपिआर तैयार गर्न, खाडोको नियन्त्रण कार्य गर्ने, सम्बन्धी बिषयगत कार्यालयलाई निर्देशन पनि दिएको छ ।
  •     यस्तै सोही बैठकले स्थानिय तहले क्षति भएका ठाँउमा सही डाटा गरी, पक्षपात नगरी, मानविय कार्यमा लाग्न, बिगत भन्दा अहिले संघसंस्थाले सामुहिक रूपमा आबश्यकता अनुसार सहयोगमा जुटन आग्रह गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
    जिल्ला बिपद ब्यबस्थापन समितिले एकद्वार प्रणाली मार्फत बाढीपीडितहरुलाई राहत बितरण गर्न निर्देशन दिएको छ ।
    प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सो निर्देशन दिँदै बिपदमा परेकालाई उद्दार गर्ने र राहतको ब्यबस्थापनमा जुट्न सबै स्थानिय निकाय, सरोकारवाला निकायहरूलाई आग्रह समेत गरेको छ ।
    बैठकले त्रियुगा नदिको डिपिआर तैयार गर्न, खाडोको नियन्त्रण कार्य गर्ने, सम्बन्धी बिषयगत कार्यालयलाई निर्देशन पनि दिएको छ ।
    यस्तै सोही बैठकले स्थानिय तहले क्षति भएका ठाँउमा सही डाटा गरी, पक्षपात नगरी, मानविय कार्यमा लाग्न, बिगत भन्दा अहिले संघसंस्थाले सामुहिक रूपमा आबश्यकता अनुसार सहयोगमा जुटन आग्रह गरेको छ ।
    स्थानिय तहले सम्बन्धी पालिकाहरूले बाढीको जोखिममा रहेका बाढी पीडितलाई ब्यबस्थापन गर्नका लागी पीडितको संख्या के कति छ भन्ने माँग संकलन गर्ने गरी आबश्यक राहतको सामग्री बितरण गरिने निर्णय गरेको छ ।
    जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका, बोदेबरसाईन नगरपालिका, राजबिराज नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउपालिका, कंचनरूप नगरपालिका, शम्भुनाथ नगरपालिका लगायतका ठाँउका ३ हजार ५ भन्दा बढी परिवार बाढीवाट प्रभाबित भएका छन् ।
    सो बैठकमा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डल, बोदेबरसाईन नगरपालिका प्रमुख आतेश कुमार यादब, तिरहुत गाउपालिका अध्यक्ष, मनोज कुमार बहडखैर, संघिय समाजवादी पार्टी सप्तरी अध्यक्ष केदार यादब, राजपा नेपाल सप्तरी संयोजक अमरनाथ मण्डल, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दास, खाडो नदी नियन्त्रण कार्यालय प्रमुख बिष्णुदेव यादब, संघन शहरी प्रमुख रमेश थिंग, सप्तरी प्रहरी प्रमुख मनोज कुमार यादब, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, भिम दल गण प्रमुख सेनानी गुप्तबहादुर कुवर, रेडक्रस अध्यक्ष जोगेन्द्र भगत, कोशी पीडित समाज निर्देशक देब नारायण यादब, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक, सेभ द सप्तरी अध्यक्ष ध्रुव कुमार देब, सबल नेपालका वास संयोजक अशोक साहलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
डुबेर वेपत्ता भएका युवकको शव फेला 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
भिख माग्नेलाई सजाय
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान