मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा स्थानिय १६ वर्षिय मो.
  • महताज रहेको प्रहरीले जनाएको छ ।
  • कंचनपुरबाट राजबिराजतर्फ जादै गरेको स.

दैनिक समाचारदाता
राजविराज, १५ असार ।  
 
    सप्तरीको तिरहुत गाउँपालिका ५ मैनाकडेरीस्थित हुलाकी राजमार्गमा बिहीबार मोटरसाइकलको ठक्करबाट एक नाबालकको ज्यान गएको छ । 
    मृत्यु हुनेमा स्थानिय १६ वर्षिय मो. महताज रहेको प्रहरीले जनाएको छ । कंचनपुरबाट राजबिराजतर्फ जादै गरेको स.७प.७७५७ नं. को मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेका साईकलमा सवार १६ वर्षिय मो. महताजलाई ठक्कर दिएको हो । 
    ठक्करबाट महताजको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेकोले प्राथमिक स्वास्थ्य केन्द्रमा कंचनपुरमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    मोटरसाइकल र चालक वडा नं. २ निवासी २० वर्षिय मो. राजाकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई  थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?