दैनिक समाचारदाता
राजविराज, २० साउन ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ ।
सो पार्टीको महासचिवमा सप्तरीका केशव कुमार झा र सहमहासचिवमा सप्तरीकै गजेन्द्र कुमार मण्डल चयन भएका छन् ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोद्वारा जारि विज्ञप्तिमा पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको उल्लेख छ ।
पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा कौशल कुमार सिंह (सिरहा), डा. राजिव कुमार झा (धनुषा), राजेन्द्र प्रसाद पाठक (धादिङ) र ओमप्रकाश यादव (गुलजारी) (रुपन्देही) छन् ।
त्यस्तै, पार्टीमा ५ जना महासचिवमा केशव कुमार झासहित मिङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (पाँचथर), सन्तोष कुमार मेहता (सुनसरी) र अनिल कुमार महासेठ (सिराहा) छन् ।
कोषाध्यक्षको जिम्मेवारी काठमाडौँका नरेन्द्र बज्राचार्यले पाएका छन् भने काठमाडौँका रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई प्रवक्ता तोकिएको छ ।
यसैगरि सहमहासचिवमा गजेन्द्र कुमार मण्डलसहित कौशलेन्द्र शर्मा (काठमाडौं), चन्द्र प्रकाश राजवंशी (मोरङ), जयलाल साह (रौतहट), मो. निजामुद्दिन समानी (पर्सा), रविदत्त मिश्रा (कपिलबस्तु) र राजेश पुनः मगर (जुनतारा) (पश्चिम रुकुम) रहेका छन् ।
त्यसैगरि पार्टीको सचिवमा प्रेम थुलुंग राई, फोनिराम थारु, बलराम ऋषिदेव मुसहर, सोनम लिम्बु, संजय कुमार चौधरी, शेरबहादुर शाह र मो. हुसेन खान छन् ।
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
सारांश
- सो पार्टीको महासचिवमा सप्तरीका केशव कुमार झा र सहमहासचिवमा सप्तरीकै गजेन्द्र कुमार मण्डल चयन भएका छन् ।
- पार्टीका अध्यक्ष राजेन्द्र महतोद्वारा जारि विज्ञप्तिमा पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको उल्लेख छ ।
- पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया