ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु

सारांश

  •     सामुदायिक सेवा तथा विकासको केन्द्र छिन्नमस्ताको आयोजना तथा प्रदेश सभा सदस्य रुबी कर्णद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत उपलब्ध गराइएको सहयोगबाट पत्रकारिता तालिम लिन इच्छुक ४५ जनाको छनौटगरी तालिम दिन लागिएको हो ।
  •     नेपाल पत्रकार महासंघको सभा हलमा सुरु भएको तालिमको उदघाटन गर्दै सभासद कर्णले समाजको उत्थानको लागि पत्रकारिता क्षेत्र पनि विकासको एउटा प्रमुख अंग भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्न आफुले प्रयास गरेको बताईन ।
  •       सडक, पानी, विजुली, शिक्षा, स्वाथ्य जस्तै राष्ट्रको चौथो अंगको रुपमा स्थापित पत्रकारिता क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेकाले आफुले अन्य क्षेत्र जस्तै पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
    ‘ग्रामिण सत्य, तथ्य व्यवसायिक र खोजमुलक पत्रकारिता, आजको आवश्यकता’ नाराका साथ राजविराजमा पाँच दिने आधारभुत पत्रकारिता तालिम शुक्रवार देखि सुरु भएको छ । 
    सामुदायिक सेवा तथा विकासको केन्द्र छिन्नमस्ताको आयोजना तथा प्रदेश सभा सदस्य रुबी कर्णद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत उपलब्ध गराइएको सहयोगबाट पत्रकारिता तालिम लिन इच्छुक ४५ जनाको छनौटगरी तालिम दिन लागिएको हो ।
    नेपाल पत्रकार महासंघको सभा हलमा सुरु भएको तालिमको उदघाटन गर्दै सभासद कर्णले समाजको उत्थानको लागि पत्रकारिता क्षेत्र पनि विकासको एउटा प्रमुख अंग भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्न आफुले प्रयास गरेको बताईन । 
    सडक, पानी, विजुली, शिक्षा, स्वाथ्य जस्तै राष्ट्रको चौथो अंगको रुपमा स्थापित पत्रकारिता क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेकाले आफुले अन्य क्षेत्र जस्तै पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाई थियो ।
    समाज परिवर्तन र देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने पत्रकार र पत्रकारिता क्षेत्रको विकास बिना मुलुकको विकास सम्भव नरहेको बताउँदै उनले सहभागिहरुलाई भनिन– पत्रकारिता क्षेत्र चुनौति र सम्भावना दुवै बोकेको क्षेत्र हो, यसमा निष्पक्ष, साहस र आत्मविश्वासका साथ अघि बढनु भयो भने भविष्य सुरक्षित र सम्मानजनक हुनेछ ‘नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झाले मुलुक नयाँ संरचनामा गएपनि पत्रकारिता क्षेत्र अझै उपेक्षाको शिकार बनेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । 
    उनले प्रदेश सभासद कर्णले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि गरेको योगदानको प्रशंसा गर्दै यसबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिकनु पर्ने बताए । आयोजक संस्थाका अध्यक्ष कृष्णा कुमारी मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, प्रेसका काउन्सिलका पूर्व सदस्य देवराम यादव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार धू्रव मण्डल, हेमशंकर सिंह, नेकपाका शत्रुधन आजाद लगायतले पनि बोल्दै तालिमले दक्ष पत्रकारको उत्पादन र समाज उत्थानमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
    पत्रकार एवं प्राध्यापक सुरेन्द्र गुप्ताको नेतृत्वमा पाँच सदस्यीय टोलीले प्रशिक्षण दिने तालिममा १० महिला र ३५ पुरुष गरी ४५ जना सहभागि छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा