राजविराज÷नेपाल प्रेस युनियन शाखा सप्तरीले शनिबार पत्रकार महासंघ शाखा सप्तरीमा सप्तरीमा तालाबन्दी गरेको छ । युनियन सप्तरीका कोषाध्यक्ष रामनारायण यादवको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
महासंघ केन्द्रिय कार्यालयले सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरि अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै सो तालाबन्दी गरिएको जनाइएको छ ।
पत्रकार महासंघ शाखा सप्तरीले सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य नहुने भन्दै शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन शाखा सप्तरी आन्दोलित भएको जनाइएको छ ।
महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ ।
यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन शाखा सप्तरी चेतावनी समेत दिएको छ ।
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
सारांश
- महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ ।
- यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन शाखा सप्तरी चेतावनी समेत दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया