प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  

राजविराज राजविराज
|
शनिबार, आषाढ १५, २०८१
|
|
७१ पटक हेरिएको
Shares
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  

सारांश

  •     महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ ।
  •       यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन शाखा सप्तरी चेतावनी समेत दिएको छ ।

    राजविराज÷नेपाल प्रेस युनियन शाखा सप्तरीले शनिबार पत्रकार महासंघ शाखा सप्तरीमा सप्तरीमा तालाबन्दी गरेको छ । युनियन सप्तरीका कोषाध्यक्ष रामनारायण यादवको नेतृत्वमा तालाबन्दी गरिएको हो । 
    महासंघ केन्द्रिय कार्यालयले सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरि अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै सो तालाबन्दी गरिएको जनाइएको छ । 
    पत्रकार महासंघ शाखा सप्तरीले सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य नहुने भन्दै शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन शाखा सप्तरी आन्दोलित भएको जनाइएको छ ।  
    महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा सप्तरीले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ । 
    यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन शाखा सप्तरी चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी