अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
१३८ पटक हेरिएको
Shares
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 

सारांश

  •     समावेशी अपाङ्ग संघ सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको आफ्नो ८औं वार्षिक साधारण सभा तथा संस्थागत नीतीहरु अनुमोदन कार्यक्रममा यस्तो कार्यक्रम ल्याइएको जानकारी गराएको हो ।
  •       कार्यक्रममा संघका अध्यक्ष सतिष चन्द्र झाले शारिरीक रुपमा अशक्त भएकाहरुको जीवन सहज, हक अधिकारको सुनिश्चितता तथा उनीहरुको संरक्षण र सम्बद्धनका लागी चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० बुंदे निती तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
  • उनका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार, पहूँच र सेवा सुविधा बृद्धिका लागी जनचेतना र वकालत, क्षमता अभिबृद्धि र पुनःस्थापना, सुचना तथा प्रविधीमा पहूँच, विपद जोखिम न्युनिकरण र तालिम तथा व्यवसाय र रोजगारी तालिम सम्बन्धी कार्यक्रम यस वर्ष संचालन हुनेछ ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    अपाङ्गता भएका ब्यक्तीको हक, अधिकार, आत्मनिर्भरता, समानता, समावेशीता र सहज जीवनयापनका लागी सक्रिय एक संस्थाले आगामी आर्थिक वर्षका लागी थप नीती तथा कार्यक्रम ल्याएको छ । 
    समावेशी अपाङ्ग संघ सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको आफ्नो ८औं वार्षिक साधारण सभा तथा संस्थागत नीतीहरु अनुमोदन कार्यक्रममा यस्तो कार्यक्रम ल्याइएको जानकारी गराएको हो । 
    कार्यक्रममा संघका अध्यक्ष सतिष चन्द्र झाले शारिरीक रुपमा अशक्त भएकाहरुको जीवन सहज, हक अधिकारको सुनिश्चितता तथा उनीहरुको संरक्षण र सम्बद्धनका लागी चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० बुंदे निती तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार, पहूँच र सेवा सुविधा बृद्धिका लागी जनचेतना र वकालत, क्षमता अभिबृद्धि र पुनःस्थापना, सुचना तथा प्रविधीमा पहूँच, विपद जोखिम न्युनिकरण र तालिम तथा व्यवसाय र रोजगारी तालिम सम्बन्धी कार्यक्रम यस वर्ष संचालन हुनेछ । 
    यस्तै महिला नेतृत्व विकास आयमुलक तालिम, कार्यालय व्यवस्थापन र पहुँच योग्यता, जलवायु परिवर्तन र वातावरण नीती, अपाङ्गता सहायक समाग्री वितरण लगायतका कार्यक्रम पनि संस्थाले यस वर्ष संचालन गर्ने भएको छ । 
    कार्यक्रममा शुभकामना दिदै  बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद अर्यालयले संघले ल्याएको भावी कार्यक्रमले अपाङ्गता भएको व्यक्तीको जीवनस्तरमा सुधार र सहजतामा ठूलो मदत पु¥याउने भन्दै घोषित निती तथा कार्यक्रम प्रभावकरी कार्यान्वयनमा तीनै तहका सरकारले समेत सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याए । 
    राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरीले अपाङ्गता भएका व्यक्ती र तीनका अभिभावक समेतलाई राहत पु¥याउने गरी ल्याइएको कार्यक्रम सफल कार्यान्वयनका लागी नगरपालिकाको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन । कार्यक्रममा संस्थाका सचिव अशोक कुमार यादवले वार्षिक प्रगति तथा कोषाध्यक्ष राधा अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 
    संस्था शिक्षा अधिकृत ज्ञानेन्द्र कुमार झाद्वारा संचालित कार्यक्रममा वडाध्यक्ष अनिल दास, सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, एनसीइ नेपालका अधिकृत जगत कामत, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक प्रकाश नेपाली, संस्थाका लेखा समिती संयोजक नरेश चौधरी लगायतले पनि आ आफनो धारणा राखेका थिए ।   
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
ब्राउन सुगरसहित एक पक्राउ
ब्राउन सुगरसहित एक पक्राउ
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो
सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी