अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 

सारांश

  •     समावेशी अपाङ्ग संघ सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको आफ्नो ८औं वार्षिक साधारण सभा तथा संस्थागत नीतीहरु अनुमोदन कार्यक्रममा यस्तो कार्यक्रम ल्याइएको जानकारी गराएको हो ।
  •       कार्यक्रममा संघका अध्यक्ष सतिष चन्द्र झाले शारिरीक रुपमा अशक्त भएकाहरुको जीवन सहज, हक अधिकारको सुनिश्चितता तथा उनीहरुको संरक्षण र सम्बद्धनका लागी चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० बुंदे निती तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
  • उनका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार, पहूँच र सेवा सुविधा बृद्धिका लागी जनचेतना र वकालत, क्षमता अभिबृद्धि र पुनःस्थापना, सुचना तथा प्रविधीमा पहूँच, विपद जोखिम न्युनिकरण र तालिम तथा व्यवसाय र रोजगारी तालिम सम्बन्धी कार्यक्रम यस वर्ष संचालन हुनेछ ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    अपाङ्गता भएका ब्यक्तीको हक, अधिकार, आत्मनिर्भरता, समानता, समावेशीता र सहज जीवनयापनका लागी सक्रिय एक संस्थाले आगामी आर्थिक वर्षका लागी थप नीती तथा कार्यक्रम ल्याएको छ । 
    समावेशी अपाङ्ग संघ सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको आफ्नो ८औं वार्षिक साधारण सभा तथा संस्थागत नीतीहरु अनुमोदन कार्यक्रममा यस्तो कार्यक्रम ल्याइएको जानकारी गराएको हो । 
    कार्यक्रममा संघका अध्यक्ष सतिष चन्द्र झाले शारिरीक रुपमा अशक्त भएकाहरुको जीवन सहज, हक अधिकारको सुनिश्चितता तथा उनीहरुको संरक्षण र सम्बद्धनका लागी चालु आर्थिक वर्ष २०८२÷०८३ मा १० बुंदे निती तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुको अधिकार, पहूँच र सेवा सुविधा बृद्धिका लागी जनचेतना र वकालत, क्षमता अभिबृद्धि र पुनःस्थापना, सुचना तथा प्रविधीमा पहूँच, विपद जोखिम न्युनिकरण र तालिम तथा व्यवसाय र रोजगारी तालिम सम्बन्धी कार्यक्रम यस वर्ष संचालन हुनेछ । 
    यस्तै महिला नेतृत्व विकास आयमुलक तालिम, कार्यालय व्यवस्थापन र पहुँच योग्यता, जलवायु परिवर्तन र वातावरण नीती, अपाङ्गता सहायक समाग्री वितरण लगायतका कार्यक्रम पनि संस्थाले यस वर्ष संचालन गर्ने भएको छ । 
    कार्यक्रममा शुभकामना दिदै  बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीका अध्यक्ष जगदिश प्रसाद अर्यालयले संघले ल्याएको भावी कार्यक्रमले अपाङ्गता भएको व्यक्तीको जीवनस्तरमा सुधार र सहजतामा ठूलो मदत पु¥याउने भन्दै घोषित निती तथा कार्यक्रम प्रभावकरी कार्यान्वयनमा तीनै तहका सरकारले समेत सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याए । 
    राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरीले अपाङ्गता भएका व्यक्ती र तीनका अभिभावक समेतलाई राहत पु¥याउने गरी ल्याइएको कार्यक्रम सफल कार्यान्वयनका लागी नगरपालिकाको तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन । कार्यक्रममा संस्थाका सचिव अशोक कुमार यादवले वार्षिक प्रगति तथा कोषाध्यक्ष राधा अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 
    संस्था शिक्षा अधिकृत ज्ञानेन्द्र कुमार झाद्वारा संचालित कार्यक्रममा वडाध्यक्ष अनिल दास, सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, एनसीइ नेपालका अधिकृत जगत कामत, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक प्रकाश नेपाली, संस्थाका लेखा समिती संयोजक नरेश चौधरी लगायतले पनि आ आफनो धारणा राखेका थिए ।   
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
आगलागिबाट दश लाख बढीको क्षति
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो