ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह

राजविराज राजविराज
|
बुधबार, मंसिर १७, २०७७
|
|
४० पटक हेरिएको
Shares
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह

सारांश

  •     नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा आयोजित आमसभा, पार्टी प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष साहले राष्ट्रिय हित भन्दा आफ्नो सत्ता स्वार्थमा केन्द्रित हुदाँ जनतामा निराशा बढे्को बताए ।
  •       ठुला दलहरुकै कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढे्को आरोप लगाउदै उनले भ्रष्टाचार बिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको जिकिर गरे ।
  • स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उनले आव्हान समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर । 
    नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएका छन् । 
    नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा आयोजित आमसभा, पार्टी प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष साहले राष्ट्रिय हित भन्दा आफ्नो सत्ता स्वार्थमा केन्द्रित हुदाँ जनतामा निराशा बढे्को बताए । 
    ठुला दलहरुकै कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढे्को आरोप लगाउदै उनले भ्रष्टाचार बिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको जिकिर गरे । स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उनले आव्हान समेत गरे ।
    सोही कार्यक्रममा नेपाली जनता दलका केन्द्रीय सदस्य श्रवण चौधरीले महिलामाथि भईरहेको हिंसा, बलात्कार लगायतको घटनाको बिरोध गर्न आग्रह गर्दै बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरे ।
    सो कार्यक्रममा पार्टीका महेन्द्र प्रसाद यादवले जनप्रतिनिधिहरु जनताबाट कर असुली गरी ब्यापक भ्रष्टाचार भईरहेको बताउदै कोरोनाको नाममा स्थानीय तहमा भईरहेको अनियमितताको भण्डाफोर गर्न सबैसँग आग्रह गरे । 
    नेपाली जनता दलका जिल्ला अध्यक्ष बिजय चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता दलका केन्द्रीय सदस्यहरु रामबाबु रजक, रामबिलाश सदा, गंगा सदा लगायतले बोलेका थिए । कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका पार्टी परित्याग गरेकाहरुलाई अध्यक्ष साहले फुलमाला लगाएर पार्टी प्रबेश गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु