दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
गत जेठ ७ गतेदेखी विभिन्न माँगहरु राख्दै जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीमा लगाइएको ताला दश महिनापछि विहिबार खुलेको छ ।
समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादवलगायत खेलाडी र प्रशिक्षकको उपस्थितिमा सो ताला खोलिएको हो ।
यसैबीच बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाएका छन् ।
यद्यपी विज्ञप्तीमा आफुहरुले उठाएका तीन बुँदे माग सात दिन भित्र सम्बोधन नभए थप शसक्त कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती माफर्त दिइएको छ । समितिका सवै पदाधिकारी सत्ताधारी नेकपाद्वारा नै मनोनित भएपनि २ गुटमा विभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको थियो ।
अध्यक्ष अमर खवास बाहेकका पदाधिकारीले कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा हुनुपर्ने, २०७१÷०७२ देखिको आय व्यय सार्वजनिक गर्नुपर्ने तथा कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त नाममा समितिको खाता संचालन हुनुपर्ने प्रमुख माग राखी गत ७ जेठमा समितिको मुल गेट तथा कार्यालयका अन्य सवै फाटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण विभिन्न राष्ट्रिय प्रतियोगितामा सप्तरीबाट खेलाडीहरु सहभागिता हुनबाट बञ्चित समेत भएका थिए ।
दश महिनापछि खेलकुदको ताला खुल्यो
सारांश
- समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
- समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोत्तोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादवलगायत खेलाडी र प्रशिक्षकको उपस्थितिमा सो ताला खोलिएको हो ।
- यसैबीच बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया