दैनिक समाचारदाता
राजविराज, १, माघ ।
योग गरौ निरोग रहौं, कपालभाती जीवन साथी, घरघरमा योग, जनजनमा योग, सन्देश सहित योग दिवसको अवसरमा सोमवार राजविराजमा प्रभातफेरीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
पतञ्जली योग समिति नेपाल सप्तरीको आयोजनामा निकालिएको प्रभातफेरी कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सयौंको संख्यामा सर्वसाधारण सहभागिता भए ।
प्रभातफेरी नगरपरिक्रमा पश्चात स्थानीय राजरंगशालामा पुगी योग शिवीर तथा सभामा परिणत भएको थियो । योग शिवीरमा सहभागी मध्ये अधिकाँशले योगाभ्यास कला सिक्न हातमा म्याट लिएर पुगेका थिए । दुई घण्टा सम्म चलेको योग शिवीरका सहभागीहरुलाई प्रशिक्षक बद्रीराज भण्डारी, शुभाष मण्डल, राजदेव यादव लगायतले प्रशिक्षण दिएको पतञ्जली योग समिति नेपाल मधेश प्रदेश मिडियाा प्रभारी किसुन देव यादवले जानकारी दिए ।
९ औ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति नेपाल सप्तरीका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी किरण थापाका साथै महिला पतञ्जली योग समिति नेपाल सप्तरीकी महामन्त्री मालती दास, नगर अध्यक्ष पंंकज कुमार देव, युवा प्रभारी किशोर साह लगायतले बोल्दै तनाव मुक्त र रोग मुक्त स्वस्थ्य शरिरका लागी योगको महत्वपुर्ण भुमिका रहेको जनाएका थिए ।
यस अवसरमा जेसिज भवन तथा राजदेवी माध्यमिक विद्यालयमा समेत करिब डेढ घण्टा योगाभ्यास कार्यक्रमको आयोजना गरिएको पतञ्जली योग समिति नेपाल सप्तरीले जनाएको छ ।
योग दिवसमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम
सारांश
- पतञ्जली योग समिति नेपाल सप्तरीको आयोजनामा निकालिएको प्रभातफेरी कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सयौंको संख्यामा सर्वसाधारण सहभागिता भए ।
- प्रभातफेरी नगरपरिक्रमा पश्चात स्थानीय राजरंगशालामा पुगी योग शिवीर तथा सभामा परिणत भएको थियो ।
- योग शिवीरमा सहभागी मध्ये अधिकाँशले योगाभ्यास कला सिक्न हातमा म्याट लिएर पुगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया