दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
पशुपालन ब्यवसायमा स्थानिय युवाहरूलाई सक्रियता गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन ।
सोमवार राजबिराज नगरपालिका पशुपंक्षी बिकास शाखा सप्तरीद्वारा तीन दिने गाई÷भैंसी पालन सम्बन्धी तालिममा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
उक्त अवसरमा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा संयोजक भोगेन्द्र यादबले ग्रामिण जीवनको महत्वपुर्ण आधार तथा बहुसंख्यक कृषकको आम्दानीको श्रोत भएकोले भैंसी र गाई पालन ब्यवसायमा युवाहरूलाई आकर्षित गर्नुपर्ने बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुख प्रभाष झाले भैसीपालनबाट फाईदा लिन भैसीपालन क्षेत्रहरूको जस्तै पशुको स्वास्थ, पशु आहार, नश्ल सुधार, उत्पादनको बजार ब्यबस्थापन जस्ता क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।
राजबिराज नगरपालिका पशु बिकास अधिकृत प्रमेश्वर यादबले तालिमलाई सीपको रूपमा प्रयोगमा लिनुपर्नेमा जोड दिए । उनले तालिमबाट प्रत्यक्ष फाईदा हुने भएकोले सीप सिकेर भैंसी र गाई पालन गर्नमा ठुलो सहयोग पुग्ने भएकोले पशु पालनलाई ब्यवहारमा लागु गर्नुपर्ने बताए ।
राजबिराज पशु पंक्षी बिकास शाखा प्रमुख अमरेन्द्र कुमार झाको अध्यक्षतामा आयोजित उदघाटन सत्रमा राजबिराज नगरपालिका स्वास्थ शाखा प्रमुख निरन्जन यादब, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, संचारकर्मी शुभनारायण यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
माघ २४ देखि २६ गते सम्म संचालन हुने तालिममा राजबिराज नगरको १६ वटै वडाबाट दुई जना गरी ३२ जना किसानहरूको सहभागिता रहेको थियो । सो तालिमको प्रशिक्षकमा पशुबिज्ञ डा प्रभाष झा, अमरेन्द्र कुमार झा, प्रमेश्वर यादब, महेन्द्र यादब, रसुल मन्सुरी रहेका छन् ।
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड
सारांश
- सोमवार राजबिराज नगरपालिका पशुपंक्षी बिकास शाखा सप्तरीद्वारा तीन दिने गाई÷भैंसी पालन सम्बन्धी तालिममा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
- उक्त अवसरमा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा संयोजक भोगेन्द्र यादबले ग्रामिण जीवनको महत्वपुर्ण आधार तथा बहुसंख्यक कृषकको आम्दानीको श्रोत भएकोले भैंसी र गाई पालन ब्यवसायमा युवाहरूलाई आकर्षित गर्नुपर्ने बताए ।
- भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुख प्रभाष झाले भैसीपालनबाट फाईदा लिन भैसीपालन क्षेत्रहरूको जस्तै पशुको स्वास्थ, पशु आहार, नश्ल सुधार, उत्पादनको बजार ब्यबस्थापन जस्ता क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया