महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा

राजविराज राजविराज
|
बिहिबार, पौष १, २०७८
|
|
२० पटक हेरिएको
Shares
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा

सारांश

  •     सप्तरी क्रिकेट संघले बिहिवार राजबिराजस्थित राजरंगशाला खेलमैदान तीन दिनदेखि चलेको बन्द प्रशिक्षणबाट आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको हो ।
  •       आलमको कप्तानीमा उपकप्तान तथा विकेट किपर आशिष झा, अमित यादब, रोहन बिक, रोहित सिंह, रोबिन सिंह, नितेश यादब, धिरज मण्डल, अजय यादबलाई चयन गरिएको छ ।
  •       यस्तै टोलीका अन्य सदस्यहरुमा निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साहलाई चयन गरिएको छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्की छनौट गरिएको छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजबिराज, १ पुस ।  
    प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत राजबिराजमा संचालन हुने प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिताका लागि महबुब आलमको कप्तानीमा सप्तरी सिनियर टिमको छनोट गरिएको छ ।
    सप्तरी क्रिकेट संघले बिहिवार राजबिराजस्थित राजरंगशाला खेलमैदान तीन दिनदेखि चलेको बन्द प्रशिक्षणबाट आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरेको हो । 
    आलमको कप्तानीमा उपकप्तान तथा विकेट किपर आशिष झा, अमित यादब, रोहन बिक, रोहित सिंह, रोबिन सिंह, नितेश यादब, धिरज मण्डल, अजय यादबलाई चयन गरिएको छ । 
    यस्तै टोलीका अन्य सदस्यहरुमा निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साहलाई चयन गरिएको छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्की छनौट गरिएको छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिएका छन् । 
    यसैबीच पुस ३ गतेदेखि संचालन गर्ने भनिएको प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनोट प्रतियोगिता प्राबिधिक कारण पुस महिनाको दोस्रो सातादेखि राजबिराजस्थित राजरंगशाला खेलमैदान र मबिव क्याम्पस खेल मैदानमा संचालन हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?