दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सवारी ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादी शुक्रबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
सप्तरीको खडक नगरपालिका वडा न. ३ घर भई हाल खडक नगरपालिका ११ बस्ने २९ वर्षिय लक्ष्मी चौधरीलाई सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नं. ५ स्थित बिष्णुपुर बोदेबरसाईन सडक खण्डमा पुस ११ गते चौधरीले चलाएको प्रदेश नं.२ ०१–००१प.७५३३ न.को मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा उक्त मोटरसाईकलमा पछाडी सवार सोही स्थान निवासी २२ वर्षिय देवेश चौधरी घाइते भएका थिए । उनको उपचारका लागी लहानतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै मोटरसाईकल चोरी मुद्दामा पक्राउ परेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ सखडा निवासी २४ वर्षिय मनोज कुमार चौधरी धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । अदालतले चौधरीसँग ५५ हजार धरौटी माग गर्दा उक्त धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
चौधरीलाई गत पुस १४ गते जिल्लाको रुपनी गाउँपालिका वडा नं. १ स्थितमा उपेन्द्र प्रसाद चौधरीको पार्कीङ गरी राखेको रा.१ प.२६१६ न.को मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
सवारी ज्यान र धरौटी तिर्न नसक्दा चोरी मुद्दाका प्रतिवादी कारागार चलान
सारांश
- सप्तरीको खडक नगरपालिका वडा न.
- ३ घर भई हाल खडक नगरपालिका ११ बस्ने २९ वर्षिय लक्ष्मी चौधरीलाई सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया