नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान

राजविराज राजविराज
|
आइतबार, बैशाख ५, २०७८
|
|
१९ पटक हेरिएको
Shares
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान

सारांश

  •     नेपाली काँग्रेस क्षेत्र नं.
  • २ ले आइतबार नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचितहरुलाई सम्मान गरेको हो ।
  •       सम्मानित हुनेहरुमा प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ सप्तरीको अध्यक्ष पदमा निर्वाचित श्रवण देव र सदस्य पदमा निर्वाचित परिष कर्ण छन् ।

दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
    नेपाल पत्रकार महासंघ तथा उच्च अदालत बार एकाईको हालै सम्पन्न निर्वाचनमा भातृ संघसंस्थाबाट प्रतिनिधित्व गर्दै सहभागि भई निर्वाचित भएकाहरुलाई नेपाली काँग्रेस सप्तरीले सम्मान गरेको छ । 
    नेपाली काँग्रेस क्षेत्र नं. २ ले आइतबार नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचितहरुलाई सम्मान गरेको हो । 
    सम्मानित हुनेहरुमा प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ सप्तरीको अध्यक्ष पदमा निर्वाचित श्रवण देव र सदस्य पदमा निर्वाचित परिष कर्ण छन् । 
    यस्तै केन्द्रिय परिषद् सदस्यमा निर्वाचित मनोजकुमार माझी र प्रदेश परिषद् सदस्यमा निर्वाचित शिवनारायण साह पनि सम्मानित भएका छन् । 
    कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएशएसनका तर्फबाट उच्च अदालत बार एकाईमा निर्वाचित रन्धिर कर्ण पनि सम्मानित भएका छन् । 
    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले खादा ओढाई सम्मानित गरेका थिए । 
    क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसका नेता बिरवल बिराजी, नन्दकिशोर यादवलगायतले पनि शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना  
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना