पत्थरगाढामा ग्लोबल बैंक संचालन

राजविराज राजविराज
|
सोमबार, चैत्र १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् ।
  • उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे ।
  •       ग्लोबल आइएमई बैंक शाखा राजविराजका प्रमुख मनिष महासेठले बैंकको गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराउँदै शाखारहित बैंकिङ्ग सेवाबाट यस क्षेत्रका जनताले रेमिट्यान्स, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, नयाँ खाता संचालन, रकम ट्रान्सफर, मोबाइल रिचार्ज, पानी र विद्युत महसुल भुक्तानी लगायतका सेवा सहज रुपमा पाउने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
    ग्लोबल आइएमई बैंकले सेवा बिस्तार गर्दै सोमबारदेखी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 
    डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् । उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे । 
    ग्लोबल आइएमई बैंक शाखा राजविराजका प्रमुख मनिष महासेठले बैंकको गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराउँदै शाखारहित बैंकिङ्ग सेवाबाट यस क्षेत्रका जनताले रेमिट्यान्स, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, नयाँ खाता संचालन, रकम ट्रान्सफर, मोबाइल रिचार्ज, पानी र विद्युत महसुल भुक्तानी लगायतका सेवा सहज रुपमा पाउने जानकारी दिए । 
    बैंकका सहायक सरोज कुमार यादवद्वारा संचालित कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का पार्षद् मनोज कुमार माझी, प्रहरी नायब निरिक्षक डम्बर बहादुर केसी, वडा अध्यक्ष कर्णदेव चौधरीलगायतले पनि शुभकामना दिँदै सेवा संचालनले यस भेगका जनताको वित्तिय सेवामा पहुँच भई आर्थिक कारोबार नगदमा गर्नुपर्ने बाध्यता हट्नुका साथै आर्थिक सुरक्षा पनि मिल्ने विश्वास व्यक्त गरे ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै 
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
खानेपानीको गुणस्तर परिक्षणका लागि  गाउँपालिका कार्यालयमै ल्याब स्थापना
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो