दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
समाचारको विषयलाई लिएर पत्रकारलाई फोनमार्फत धम्क्याउने महादेवा गाउँपालिका ६ का अभिशेक मण्डल बिहीबार पक्राउ परेका छन् । उनलाई राजविराजबाट पक्राउ गरेको हो ।
राजविराज दैनिक पत्रिकाका प्रकाशक तथा समाचार संयोजक तथा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवीनकुमार गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए । सोही विषयमा मण्डलले आफ्नो नाम कीन छापेको ? भन्दै पत्रकार गुप्तालाई मोबाइलमा गालीगलौज तथा ज्यान मार्ने धम्की दिएका थिए ।
समाचार लेखेको निहुँमा पत्रकारलाई धम्की दिने मण्डललाई अविलम्ब पक्राउ गरि कानुनी कारवाहीको माग गर्दै पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध रुपमा आन्दोलन चलाएका बेला मण्डल पक्राउ परेका हुन् ।
यसैबीच बिहीबार नै पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवणकुमार देवको नतृत्वको पत्रकारहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवलाई ध्यानाकर्षण पत्रमार्फत पत्रकार धम्क्याउने मण्डलमाथी कडा कानुनी कारवाहीको माग गरेका छन् ।
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
सारांश
- राजविराज दैनिक पत्रिकाका प्रकाशक तथा समाचार संयोजक तथा नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवीनकुमार गुप्ताले साउन ११ गते उक्त पत्रिकामा “महादेवा गाउँपालिकामा कामै नगरि करोडौंको भुक्तानी” शिर्षक राखी अनियमितता सम्बन्धी समाचार लेखेका थिए ।
- सोही विषयमा मण्डलले आफ्नो नाम कीन छापेको ?
- भन्दै पत्रकार गुप्तालाई मोबाइलमा गालीगलौज तथा ज्यान मार्ने धम्की दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया