बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, श्रावण १४, २०७८
|
|
२० पटक हेरिएको
Shares
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न

सारांश

  •     राजविराज बस पार्क निर्माणका लागि ठेक्का पाएका कम्पनीले समयमै निर्माण कार्य सम्पन्न नगर्दा बस पार्क निर्माण कार्य अन्यौलमा समेत परेको छ ।
  •   निर्माण कार्यको समय अवधी समाप्त भएको सात महिना बितिसक्दा राजदेवी मन्दिर नजिकै ४ कठ जग्गामा निर्माण कार्य अन्यौलमा परेको हो ।
  •       सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बस पार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
    लामो समयदेखी राजविराज नगरवासीको चाहना र सपनाको रुपमा रहेको ब्यवस्थित बस पार्क निर्माण कम्पनिको ढिलासुस्ति तथा सरोकारवालाको उदासिनताका कारण पूरा हुन सकेको छैन् ।
    राजविराज बस पार्क निर्माणका लागि ठेक्का पाएका कम्पनीले समयमै निर्माण कार्य सम्पन्न नगर्दा बस पार्क निर्माण कार्य अन्यौलमा समेत परेको छ । 

निर्माण कार्यको समय अवधी समाप्त भएको सात महिना बितिसक्दा राजदेवी मन्दिर नजिकै ४ कठ जग्गामा निर्माण कार्य अन्यौलमा परेको हो । 
    सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बस पार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।  
    निर्माण कम्पनीले २०७७ साल पुस १८ गते भित्र बस पार्क निर्माण गरिसक्नु पर्ने तर, सुस्त गतिमा काम गर्दा म्याद सकिएको सात महिना भन्दा बढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको छ । 
    निर्माण कम्पनीले कहिले कोरोनाको बहना, निर्माण सामाग्रिहको अभाव तथा मन्त्रालयबाट समयमै रकम निकासा नपाएको भन्दै निर्माण कार्यप्रति आलटाल गरिरहेको स्थानियहरु बताउँछन् । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनिलाई पटक पटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाई गरे ठेक्का रद्द प्रक्रियासम्म अघि बढाउन पहल गर्ने बताए । 
    यता राजविराजको रुपनी सडक, गजेन्द्र चौक, नेता चौक, कुनौली मोड, राम मन्दिर मोड र सखडा रोड लगायतका स्थानबाट अहिले लामो तथा छोटो दुरीको सवारी साधन संचालनमा आउँदै गरेको छ । सडकलाई नै बस पार्क बनाइएको छ भने अर्कोतिर स्वास्थ्यमा गम्भिर असर पु¥याउनुका साथै नगरको सौन्द्रर्यता पनि गुम्दै गएको भन्दै नगरवासीले अविलम्ब यसतर्फ सम्बन्धीत निकायले पहल गर्नुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
कंचनपुरमा १३ जना डेंगुका बिरामी
कंचनपुरमा १३ जना डेंगुका बिरामी
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए