कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 

राजविराज राजविराज
|
मंगलबार, माघ २५, २०७८
|
|
२० पटक हेरिएको
Shares
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 

सारांश

  •     चलचित्र तथा लोकसंचार प्रवद्र्धन बोर्ड मधेश प्रदेश जनकपुरले राजविराजमा आयोजना गरेको मधेश प्रदेश चलचित्र सम्बन्धी पूर्वाधारको विकास सम्बन्धमा गोष्ठी तथा चलचित्रकर्मीहरुको तथ्याङ्क संकलन कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
  •     कार्यक्रममा बोल्दै समाजवादी साँस्कृतिक महासंघ सप्तरीकी उपाध्यक्ष रमिला साहले कला क्षेत्रलाई बलियो बनाउन राजनीतिबाट मुक्त गर्नुपर्ने धारणा राखिन् ।
  • उनले कलाको कुनै सीमा र क्षेत्र नभएको भन्दै भन्दै कलाकारहरु पनि राजनीतिक पार्टीबाट मुक्त हुनुपर्ने बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    कला र साँस्कृतिक क्षेत्रलाई राजनीतिबाट अलग राख्नु पर्ने मंगलबार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागि वक्ताहरुले जोड दिएका छन् । 
    चलचित्र तथा लोकसंचार प्रवद्र्धन बोर्ड मधेश प्रदेश जनकपुरले राजविराजमा आयोजना गरेको मधेश प्रदेश चलचित्र सम्बन्धी पूर्वाधारको विकास सम्बन्धमा गोष्ठी तथा चलचित्रकर्मीहरुको तथ्याङ्क संकलन कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
    कार्यक्रममा बोल्दै समाजवादी साँस्कृतिक महासंघ सप्तरीकी उपाध्यक्ष रमिला साहले कला क्षेत्रलाई बलियो बनाउन राजनीतिबाट मुक्त गर्नुपर्ने धारणा राखिन् । उनले कलाको कुनै सीमा र क्षेत्र नभएको भन्दै भन्दै कलाकारहरु पनि राजनीतिक पार्टीबाट मुक्त हुनुपर्ने बताइन् । 
    त्यस्तै लेखक एवं रंगकर्मी रबिन्द्र रबिले कला क्षेत्रको विकासका लागि सिकाई र तालिम उपलब्ध गराउनु पर्नेमा जोड दिदै यसका लागि सम्बन्धीत विषयको शिक्षक संस्था स्थापना गर्नुपर्ने आवश्यक रहेको बताए ।
    कवियत्री करुणा झाले कलाकार र यस क्षेत्रमा लागेकाहरुको अवस्था अहिले पनि दयनिय रहेको भन्दै उनीहरुका लागि विमा र अन्य सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिइन् । बोर्डकी सदस्य पुष्पा यादवले मधेश प्रदेशको कला सँस्कृतिलाई विश्व समुदायसँग पु¥याउनका लागि पहिले आफू संस्थागत हुनु जरुरी रहेको बताइन् । 
    बोर्डका सदस्य बैधनाथ कर्मी पटेलको अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोर्डका अर्का सदस्य अशोक दत्त, कलाकर्मी निराजन मेहता, समाजवादी साँस्कृतिक महासंघ सप्तरीका अध्यक्ष भुषण सिंहलगायतले पनि मधेश प्रदेशमा चलचित्र कला र साँस्कृति क्षेत्रको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र उत्थानका लागि गर्नुपर्ने कामहरु बारे विचार व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
प्रथम प्रदेशस्तरिय आवधिक योजनाका लागि कार्यशाला गोष्ठी सम्पन्न,  कृषि, उद्योग, सडक, बाणिज्य, पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
सप्तरीमा रगतको अभाव
सप्तरीमा रगतको अभाव
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि विश्वविद्यालयमा तालाबन्दी
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह