दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
बजार अनुगमन प्रभाबकारी नभएको भन्दै आम उपभोक्ता ठगीने गरेको सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।
राजविराजमा आयोजित उपभोक्ता भेला प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी उपभोक्ताहरूले सो गुनोस गरेका हुन् ।
बजारको नियमित अनुगमन हुन नसक्दा कम तौल भएका अखाद्य सामग्री, म्याद गुज्रेका सामानहरू खुल्ला रूपमा बिक्री बितरण भएपनि सम्बन्धी निकाय मौन रहेको स्थानिय उपभोक्ता मंचका गणेशलाल देबले बताए ।
उनले ट्रेडमार्क प्रयोग गरेर आम उपभोक्तालाई कमसल सामग्री प्याकिंग गरेर बिक्री बितरण गर्ने गरेको, लेवर नभएको, पसलमा मूल्य सुचि नभएको, म्याद गुज्रेको अखाद्य बस्तु बजारमा बेच्ने गरेका कारण आमउपभोक्ता ठगीने गरेपनि अनुगमन टोली मौन रहेको गुनासो गरे ।
सो अवसरमा उद्योग बाणिज्य सँघका उपाध्यक्ष शंकर दासले बजारमा बिक्री बितरण भईरहेको तरकारीहरूमा हरियो रंग मिसाउने गरेको पाईएकोले यस तर्फ समेत अनुगमन टोलीको ध्यान जानू आबश्यक रहेको बताए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले स्थानिय निकायसँग समन्वय गरेर बजार अनुगमनलाई निरन्तरता दिईने बताए ।
अखाद्य बस्तु तथा म्याद गुज्रेका सामग्री बिक्रि बितरण गरी आम उपभोक्तालाई ठगी गर्ने त्यस्ता ब्यापारीहरूलाई उपभोक्ता संरक्षण ऐेन बमोजिम कार्यवाही गर्ने चेताबनी दिएका छन ।
यसैगरी सो कार्यक्रममा राजविराजका प्रमुख शम्भुप्रसाद यादबले बिगतका बर्षहरूमा दशै, तिहार, छठ चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने गरिएपनि अब स्थानिय निकायलाई अनुगमनको जिम्मेवारी आएपछि सबै सँग मिलेर अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय राजबिराजको आयोजनामा तथा उधोग बाणिज्य सँघ सप्तरीको सहकार्यमा आयोजित भेलामा खाद्य तथा गुण नियन्त्रण कार्यलयका प्रमुख सुरेश कुमार सिँह, सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्ट, सशस्त्र प्रहरी बलका उपरिक्षक खेमबहादुर थापा, बरिष्ठ पत्रकार शिबहरी भटराई, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, पत्रकार दिनेश शर्मा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष राजकुमार गुप्ता लगायतले उद्योगी, ब्यापारी तथा आमउपभोक्ता एकजुट भएर बजार अनुगमनलाई प्रभाकारी बनाउनुपर्नेमा जोड दिए ।
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
सारांश
- राजविराजमा आयोजित उपभोक्ता भेला प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी उपभोक्ताहरूले सो गुनोस गरेका हुन् ।
- बजारको नियमित अनुगमन हुन नसक्दा कम तौल भएका अखाद्य सामग्री, म्याद गुज्रेका सामानहरू खुल्ला रूपमा बिक्री बितरण भएपनि सम्बन्धी निकाय मौन रहेको स्थानिय उपभोक्ता मंचका गणेशलाल देबले बताए ।
- उनले ट्रेडमार्क प्रयोग गरेर आम उपभोक्तालाई कमसल सामग्री प्याकिंग गरेर बिक्री बितरण गर्ने गरेको, लेवर नभएको, पसलमा मूल्य सुचि नभएको, म्याद गुज्रेको अखाद्य बस्तु बजारमा बेच्ने गरेका कारण आमउपभोक्ता ठगीने गरेपनि अनुगमन टोली मौन रहेको गुनासो गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया