दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
हाट बजार तरकारी किन्न आएकी एक महिलाले लगाएकी सुनको सिक्रि लुटिएको छ । सोमबार साँझ राजविराज ७ स्थित हटिया बजार पुगेकी राजविराज ४ निवासी ५० वर्षिया सुश्मादेवी साहको सुनको सिक्रि लुटिएको हो ।
तरकारी किन्दै गरेको अवस्थामा पछाडीबाट ग्राहक बनेर आएका दुई÷तीन युवाले विशेष चलाखी गरि कटरको प्रयोग गरि घाटीमा लगाएको अढाई तोलाको सुनको सिक्रि लुटेर लगेको सुश्माले जानकारी दिइन ।
हटियामा अत्याधिक भिड भएको मौका छोपी अचानक आएका चोरले सिक्रि लिएर भाग्दा आफू हल्ला गरेको र जम्मा भएको भिडले पनि चोरलाई समाउन नसकेको उनले दुखेसो पोखिन् । यसबारे प्रहरीलाई समेत जानकारी गराएको सुश्माका श्रीमान नवलले बताएका छन् ।
यसैबीच उक्त स्थानमा रहेको सिसि टिभि क्यामरामा भाग्दै गरेको चोरको भुटेज कैद भएको छ । पीडित पक्षको उजुरी तथा सिसि टिभि फुटेजमा देखिएको हुलिया विवरणका आधारमा अपराधीको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
हाट गर्न आएकी महिलाको सिक्रि लुटियो
सारांश
- तरकारी किन्दै गरेको अवस्थामा पछाडीबाट ग्राहक बनेर आएका दुई÷तीन युवाले विशेष चलाखी गरि कटरको प्रयोग गरि घाटीमा लगाएको अढाई तोलाको सुनको सिक्रि लुटेर लगेको सुश्माले जानकारी दिइन ।
- हटियामा अत्याधिक भिड भएको मौका छोपी अचानक आएका चोरले सिक्रि लिएर भाग्दा आफू हल्ला गरेको र जम्मा भएको भिडले पनि चोरलाई समाउन नसकेको उनले दुखेसो पोखिन् ।
- यसबारे प्रहरीलाई समेत जानकारी गराएको सुश्माका श्रीमान नवलले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया