मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
३९ पटक हेरिएको
Shares
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही

सारांश

  •     कोरोना माहामारीको बेला स्वास्थ्य मापदण्डको पालना नगरि मास्क नलगाउने ती व्यक्तिहरुबाट एक सयका दरले जरिवाना वापत ७५ हजार रुँपैया समेत असुल गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •     उनका अनुसार अभियान अन्तरगत मास्क नलगाउनेलाई जरिवाना मात्र नगरेर सचेतनाका साथै निशुल्क मास्क समेत बाडिदै छ ।
  •     कोरोनाको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, प्रहरी नायब उपरिक्ष माधवप्रसाद काफ्ले नेतृत्वको छुट्टाछुट्टै टोली निगरानीका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
    स्थानिय प्रशासनले चलाएको तपाईको मास्क खोई ! अभियान अन्तरगत सप्तरीमा ३ दिनमा ७ सय ५० जना कारवाहीमा परेका छन् । 
    कोरोना माहामारीको बेला स्वास्थ्य मापदण्डको पालना नगरि मास्क नलगाउने ती व्यक्तिहरुबाट एक सयका दरले जरिवाना वापत ७५ हजार रुँपैया समेत असुल गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
    उनका अनुसार अभियान अन्तरगत मास्क नलगाउनेलाई जरिवाना मात्र नगरेर सचेतनाका साथै निशुल्क मास्क समेत बाडिदै छ ।
    कोरोनाको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, प्रहरी नायब उपरिक्ष माधवप्रसाद काफ्ले नेतृत्वको छुट्टाछुट्टै टोली निगरानीका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका छन् । 
    मास्क तथा कोरोनाको जोखिम बिरुद्ध प्रचार सामाग्रि बोकेर जिल्ला प्रहरी कार्यालयको गाडी दिनभर बजार र ग्रामिण क्षेत्रमा गुडिरहेको देखिन्छ । 
    भारतीय सीमासँग जोडिएको नाकाहरुमा समेत यो अभियान संचालन गरेको प्रहरीले कोरोनाले जटिल बन्दै गएको परिस्थितिलाई मध्य नजर गरि सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ । 
    यसैबीच शुक्रबारै सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र र सिद्धार्थ गौतम बुद्ध यातायात सेवा केन्द्र राजविराजले संयुक्त रुपमा मास्क तथा सेनिटाइजर बितरणको कार्यक्रमको सुरुवात गरेका छन् ।
    कार्यक्रमको स्थानिय रुपनी बस स्टेन्डमा शुभारम्भ गर्दै प्रहरी नायक उपरिक्षक काफ्ले, समाजसेवी जवाहर यादव, सुनिता साह, हितनारायण लाल दास, संजय शर्मा, जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल लगायतले कोरोनाबाट जोगिन सबैलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन 
जेनजी आन्दोलनका क्रममा सहिद  भएकाहरुको सम्मानमा दिप प्रज्वलन