दैनिक समाचारदाता
राजविराज, २२ असार ।
राजविराजमा संचालित मेयरकप ब्याटमिन्टम प्रयतियोगित आईतवार सम्पन्न भएको छ ।
सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।
राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।
समूह ‘ए’ अन्तर्गतको फाइनल खेलमा हिरानन्द झा र उमेश गुप्ताको जोडिले दीपक गुप्ता र बुद्ध सागर चौधरीको जोडिलाई सोझो सेटमा २१–११ र २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेका छन् ।
त्यस्तै, समूह ‘बी’ तर्फको फाइनल खेलमा कर्ण बहादुर लिम्बु र महाकान्त चौधरीको जोडिले सुनिल परियार र सत्यनारायण चौधरीलाई सोझो सेटमा २५–२३ र २१–१२ अंकको अन्तरले जित हात पार्दै च्याम्पियन बने ।
दुवै समूहमा तेस्रो स्थान दुई÷दुई जोडिलाई प्रदान गरिएको थियो । समूह ‘ए’ मा उदयबीर नेपाली–रामकुमार देव र दिनेश यादव– पदम बुढाथोकीको जोडिले तेस्रो स्थान हात पारे भने समूह ‘बी’ मा सरोज तामाङ–नवीन चौधरी र रुद्र खड्का–अजय चौधरी तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. २० हजार द्वितीय हुनेलाई १० हजार तथा तृतीय हुने खेलाडीलाई नगद पाँच हजार सहित ट्रफी र र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिता समाप्ति पछी आयोजित पुरस्कार वितरण समाहरोमा प्रमुख अतिथी राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्र ईसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, न्यायाधीश दीपक दाहाल, सप्तरी युथ नेपालका अध्यक्ष मोहन यादव, वडा अध्यक्ष अरुण यादव, र जयनारायण मण्डल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सकियो मेयरकप ब्याडमिन्टन
सारांश
- सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
- प्रतियोगिताको समूह ‘ए’ तथा ‘बी’ तर्फ क्रमशः हिरानन्द झा–उमेश गुप्ता र कर्ण बहादुर लिम्बु–महाकान्त चौधरीको जोडिले उपाधी हात पार्न सफल भएका छन् ।
- राजविराज नगरपालिका–९ स्थित कभर्डहलमा आयोजित दुई दिने प्रतियोगिता समूह ‘ए’ तर्फ २४ जोडि र समूह ‘बी’ तर्फ २१ जोडिको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया