दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
घरेलु हिंसामा परी घर निकाला गरिएकी एक महिलालाई अदालतले आदेशपछी बुधबार गृह प्रवेश गराइएको छ ।
प्रदेश कानुन अधिकृत समेत रहेकी अधिवक्ता किरण साह, प्रहरी, संचारकर्मी, जनप्रतिनीधी तथा स्थानीयको उपस्थितीम दुई सन्तानकी आमा राजविराज नगरपालिका वडा नं. २ की २४ वर्षिया पलिया खातुनलाई गृह प्रवेश गराइएको हो ।
विहेको समयमा दाईजो वापत ४ लाख नगद र ३ लाखको फर्निचर लिएका ससुराली पक्षले थप दाईजोका लागी निरन्तर दवाव दिइरहेको भन्दै सोही विषयमा परिवारका सदस्यसँग परेको खटपटका कारण उनलाई ६ महिना अघि कुटपिट गर्दै घर निकाला गरिएको थियो ।
घर निकालापछि दिदीको घरमा शरण लिएकी उनी न्यायका लागी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुदा समेत दर्ता गर्न पुगेकी थिइन । उनलाई निःशुल्क कानुनी साहयता उपलब्ध गराएकी मधेश प्रदेश कानुन अधिकृत समेत रहेकी अधिवक्ता किरण कुमारी साहले उक्त मुद्दा उपर सुनवाइ गर्दै अघिल्लो दिन मंगलवार न्यायधिश डा.राजेन्द्र कुमार आर्चायको एकल इजलाशले मुदाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षनात्मक आदेश जारी गरेपछी उनलाई गृह प्रवेश गराइएको बताईन ।
अदालतको आदेशमा दुई नाबालक छोरासहित पलियालाई निज वसी आएको घरमा वसोवास गर्न दिनु तथा कुटपिट र गाली बेईजत नगर्नूृ उल्लेख छ । पलियाले दाईजोका लागी परिवारका सदस्यले मानसिक तथा शारिरीक यातना दिने गरेको बताईन । पछिल्लो पटक त २ नाबालक सन्तान सहित कुटपिट गर्दै घर निकाला नै गरीदिएपछी अन्तिम अवस्थामा अदालत पुगेको उनले बताईन ।
सप्तरीको कंचनरुप नगरपालिका २ बदगामा माईती रहेको पलियाको २०७५ सालमा राजविराज २ का आशिक शेखसंग विवाह भएको थियो । तर परिवारजनले हाल सम्म उनको विहे दर्ता र नागरिकता समेत बनाई दिएका छैनन् ।
विभिन्न वहानामा कुटपिट गरी घर निकाला गरिएका मध्ये अदालतले दिएको संरक्षनात्मक आदेश पछी सप्तरीमा चार महिना भित्र यसरी घर भित्र्याइएका महिलाको संख्या ६ पुगेको छ ।
दुई सन्तानकी आमा पलियालाई आदालतको आदेशपछि गृह प्रवेश गराइयो
सारांश
- प्रदेश कानुन अधिकृत समेत रहेकी अधिवक्ता किरण साह, प्रहरी, संचारकर्मी, जनप्रतिनीधी तथा स्थानीयको उपस्थितीम दुई सन्तानकी आमा राजविराज नगरपालिका वडा नं.
- २ की २४ वर्षिया पलिया खातुनलाई गृह प्रवेश गराइएको हो ।
- विहेको समयमा दाईजो वापत ४ लाख नगद र ३ लाखको फर्निचर लिएका ससुराली पक्षले थप दाईजोका लागी निरन्तर दवाव दिइरहेको भन्दै सोही विषयमा परिवारका सदस्यसँग परेको खटपटका कारण उनलाई ६ महिना अघि कुटपिट गर्दै घर निकाला गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया