दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीको पूर्वी भेगमा हात्तिले पुनः आंतक मच्याएको छ । आइतबार राती जिल्लाको कंचनरुप नगरपालिका १२ बस्तिपुरका दुई स्थानियको घर तोडफोड गर्नुका साथै हात्तिले अन्नबाली खाइदिएका छन् ।
स्थानिय काली बहादुर बिकको घर ताडफोड गर्दै हात्तिले चामलसहित अन्य खाद्यान्न तथा टेक बहादुर विकको जनता आवास कार्यक्रमबाट निर्माण भएको घरको भित्ता लडाइदिनुका साथै भान्सा घरमा रहेको खाद्यान्न खानुका साथै नष्ट गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यसअघि पनि ती क्षेत्रमा हात्तिले पटक पटक आंतक मच्याउँदा पनि स्थानिय निकाय निरिह बनेका छन् । हालसम्म आत्तिको आंतक रोक्न कुनै ठोस पहल नभएको स्थानियहरुको आरोप छ । कंचनरुप क्षेत्रमा विगतका वर्षहरुमा हात्तिका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् भने तीन दर्जन भन्दा बढी घाइते भएका छन् ।
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
सारांश
- स्थानिय काली बहादुर बिकको घर ताडफोड गर्दै हात्तिले चामलसहित अन्य खाद्यान्न तथा टेक बहादुर विकको जनता आवास कार्यक्रमबाट निर्माण भएको घरको भित्ता लडाइदिनुका साथै भान्सा घरमा रहेको खाद्यान्न खानुका साथै नष्ट गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
- यसअघि पनि ती क्षेत्रमा हात्तिले पटक पटक आंतक मच्याउँदा पनि स्थानिय निकाय निरिह बनेका छन् ।
- हालसम्म आत्तिको आंतक रोक्न कुनै ठोस पहल नभएको स्थानियहरुको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया