दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
प्रदेश २ मा नेकपा एमालेका ११ जना प्रदेशसभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । अब एमालेमा १० जना सांसद भएका छन् ।
बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
सनाखत गर्नेहरूमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् ।
एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन् । क्यान्सर पीडित रहेका डिल्ली उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गराएका हुन् ।
माधव नेपाल पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले अरु दिन आएर सनाखत गर्ने प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिएका छन् ।
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
सारांश
- बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
- सनाखत गर्नेहरूमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् ।
- एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया